अमेरिकामा ७ दशमलव १ रेक्टर स्केलको भूकम्प,भवन र जमिनमा ठूलाठूला चिरा पर्यो: विद्युत आपूर्ति बन्द 


एजेन्सी, २१ असार ।
अमेरिकाको क्यालिफोर्नियामा ७ दशमलव १ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ ।
नेपाली समय अनुसार आज बिहान ९ बजेर ४ मिनेटमा क्यालिफोर्नियाको दक्षिणी क्षेत्रमा रहेको मरुभूमि क्षेत्र केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्प गएको अमेरिकी जिओलोजिकल सर्वे (यूएसजीएस) ले जनाएको छ ।

शुक्रबार बिहान पनि सोहि स्थानमा केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको थियो । दुई दिनभन्दा कम समयको अन्तरालमा शक्तिशाली दुई वटा भूकम्प आएको हो । शनिबार आएको भूकम्प बिहीबारको भन्दा १० गुणा बढी शक्तशाली भएको यूएसजीएसले जनाएको छ ।

भूकम्पका कारण भवन र जमिनमा ठूलाठूला चिरा परेको छ भने विद्युत आपूर्ति बन्द भएको छ । भूकम्पपछि अहिलेसम्म १४ सय पटकभन्दा बढी परकम्प आइसकेको (यूएसजीएस) ले जनाएको छ ।
भूकम्पका कारण ठाउँठाउँमा आगलागी घटना भएका छन् भने केही मानिसहरु घाइते भएका छन् । भूकम्पबाट प्रभावितहरुका लागि क्यालिफोर्निया राज्यले आपतकालीन सेवा केन्द्रहरु सन्चालनमा ल्याएको छ ।

शनि, असार २१, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया