कुमार तिमी रक्तबिज भएर बाची रह्यौ


हो तिम्रो सपना ,
अन्याय , अत्याचार र शोषणको भेलले
लतार्दै बगाइ रहेका करोडौं निमुखाहरुलाइ
मुक्तिका निम्ति तयार बनाउने ।
जनमारा , जनहत्यारा दलाल र तस्करहरुलाइ
चट्याङ बनेर बज्रने तिम्रो सपना ।

अन्यायको बोलवाला चलेको प्रदुषित राज्यमा
न्यायको उज्यालो किरण जगाउने ।
जमिन , छाना , नाना अनि
गाँस , शिक्षा र श्रमको अबसर समान रुपमा दिलाउने ।
अझ भनौं !
मानवीय रसले भरिएको जिउँदो समाज निर्माणको लागि , आव्हानको बिगुल बजाउने ।
निष्कलित , खोट बिहिन सपनाहरु ,
हो त्यही थिय , तिम्रो सपनाहरु !!

तिमिले रचेको सपनाले ,
तस्करहरु , सुतखोर , सुराकी र दलालहरुको
मुटुमा ढ्याग्रो बजायो ।
भुमाफियाहरुको कृते प्रपन्चहरुमा बाधा हाल्यो ।
तिम्रो सुन्दर सपनामा लामबद्द हजारौं
लाखौं जनताको लाभालस्कर देखेर
दलालहरुको काला-सपनाहरुमा डढेलो लगायो ।
र , त !!
लाग्यो शासकहरुलाइ
कुमारहरु सकृय भै रहे भने ,
आफ्नो सत्ताको अबसान निश्चित छ ।
हो यस्तै लाग्यो शासकहरुलाइ
तिमिले देखेका जन-सपनाहरुले ।।
अनि ,
दलाल , माफिया र फासिबादीहरु एक गठ भएर
शासकहरुले कायरता पुर्ण निर्क्योल निकाले ,
आफ्नो सत्ता र लुटको स्वार्ग बहाली गराइ रहन
कुमारहरुलाइ सिध्याउनु पर्छ ।

  रचनाकार: गोकुल दाहाल

तब
सर्लाहीको लखन्ती खोलामा छेउ
कुमार तिमी , रक्तबिज भएर पोखियौ ।
हर-तरहका यातनाले तिम्रा हातहरु खण्ड-खण्ड हुँदा
नरभच्छिहरुले एउटा एउटा दात उखेल्दा समेत
तिम्रो शरीरका हरेक निल-डामहरुले भनिरहेका छन ।
तिमी जनताका दुश्मनहरु सङ्ग कत्ती पनि झुकेनौ
तिमी त रक्तबिज भएर जनजनमा उम्रन पुग्यौं ।
जनताका सत्रुको लागि अझै अझङ्गको भएर उभियौ
माहान सहिद भएर मुक्तिको मार्गदर्शन -आदर्श भयौं।

तिम्रो बलिदानले तिम्रो सपनाको साक्षी
नावालक तिम्रो छोरा-छोरी आज प्रताडित मात्र भएका छैन
तिम्रो सपना साकार बनाउन
सस्कारको सेतो कप्फन बाधेर
बन्दुक उठाउने प्रण गरिरहेका छ्न ।
आफ्नो बाबुको हत्या गर्नेहरुलाइ
चट्टान बनेर सोह्र बर्षे तिम्रो छोरा
आफ्नो निजि इच्छालाई तिलान्जली दिदै
बदलाको सङ्खघोष गरिरहेका छन ।
तिमिलाइ श्रद्धाञ्जली दिन उपस्थित हजारौं मलामिहरु
अँखा छिपछिपे पारेर , तिम्रा सत्कर्मको बर्णन सुनाउदै
राज्य प्रती आक्रोश ब्यक्त गर्दै छन ।
राज्यआतंकको नक्कली मुठभेडलाइ खारेज गर्दै
कुमारको अधुरो सपना साकार बनाउने प्रतिबद्धतामा
हरेक नागरिक ऐक्यबद्धता जाहेर गर्दै छन ।

त्यसैले कुमार ! तिम्रो मृत्युले
आज सामाजिक फासिबादिहरुको सदन हल्लिएको छ ।
दलाल-सत्ता प्रती जनताको घृणा र आक्रोश उर्लेको छ ।
कथित कम्युनिष्ट भन्ने ,गद्दारहरुको मुखुण्डो फुक्लिएको छ ।
के राजनीतिक पार्टी ?
के सदन- सरकार ?
के पुलिस-प्रशासन ?
सबै तिर दुई ध्रुव खडा भएको छ ।
त्यसैले कुमार तिमी महान सहिद मात्रै हैन ।
न्याय , समानता र समृद्धिको लागि – बैज्ञानिक समाजबाद !!
को अभियानमा रक्तबिज भएर बाची रह्रौ !!

  • गोकुल दहाल

महान सहिद कमरेड कुमार पौडेलमा समर्पित ।

आइत, असार १५, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य कला-साहित्य समाचार