उपकुलपति र रेक्टरको कार्यालयमा तेस्रो दिन पनि तालाबन्दी


धरान, असार १५ ।
स्नातकोत्तर तह एमडी र एमएसको केही विभागमा विदेशी विद्यार्थी कोटा बढी भएको भन्दै जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीले चारदिनदेखि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति र शिक्षाध्यक्षको कार्यकक्षमा लगाएको तालाबन्दी खुलेको छ ।

प्रतिष्ठानका जुनियर चिकित्सकहरुको संस्था र प्रतिष्ठान बीच पाँच बुँदे सहमति भएपछि आज बिहान तालाबन्दी खुलेको हो । प्रतिष्ठानको व्यवस्थापन पक्षले एमडी एमएसको इन्टर्नल मेडिसिन, पेडियाट्रिक्स (बालरोग) र सर्जरी (शल्यक्रिया) मा थप एक–एक सिट नेपाली विद्यार्थीको कोटा बढएपछि सहमति भएको आन्दोलनरत सोसाइटीका अध्यक्ष डा. कविराज पौडेलले बताउनु भएको छ ।

सहमति अनुसार इन्टर्नल क्याटगोरी सिट बाँडफाँड सम्बन्धी प्रतिष्ठानको सन् २०१५ देखिको प्रवेश परीक्षा कार्य्विधि संशोधन गर्दै नेपाली विद्यार्थीलाई कम्तिमा ५० प्रतिशत सिट हुने कार्य्विधि बनाउने, स्नातकोत्तर तहको सिट प्रतिष्ठानद्धारा आफ्नो क्षमताकासथा संचालन गर्ने लगायत रहेका छन् ।

सहमतिपछि उपकुलपति प्राध्यापक डा. राजकुमार रौनियारले सरकारले वीपी प्रतिष्ठानका चिकित्सक, नर्स र कर्मचारीलाई तलव भत्ता सुविधा नदिएपनि नेपाली विद्यार्थीको हितमा सिट संख्या बढाएको बताउनु भयो ।

ओपिडीमा उपचारकालागि आउने दैनिक ३ हजार ५ सय, आकस्मिकमा आउने दैनिक अढाइसय र विभिन्न वार्डमा आठसय शैय्यामा रहेका बिरामीको उपचार सेवा दिन २ सय ४३ फ्याकल्टी चिकित्सक, व्यबस्थापन प्रसाशन हेर्ने एकहजार ३ सय कर्मचारी परिचालन गर्ने आयश्रोत विद्यार्थीले तिरेको शुल्क र बिरामी उपचारबाट संकलित शुल्क मात्र भएको उपकुलपति रौनियारले बताउनु भएको छ ।

प्रतिष्ठानलाई सरकारले भौतिक पुर्वाधार तयार गर्नमात्र परियोजना अनुसार आर्थिक सहयोग गर्ने गरेकाले प्रतिष्ठानलाई आर्थिकरुपमा आत्मनिर्भर बनाउन विदेशी विद्यार्थीको कोटा पनि छुट्याउने गरेको उपकुलपति रौनियारको भनाई छ ।

आइत, असार १५, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य स्वास्थ्य समाचार

Like us On Facebook

Follow Us On Twitter