सहिद स्मृति प्रतिष्ठानको आयोजनामा कपिलवस्तुमा निशुल्क स्वास्थ्य शिविर, २३ सयले लिए सेवा


कपिलवस्तु ।
सहिद स्मृति प्रतिष्ठान कपिलवस्तुको आयोजनामा कपिलवस्तुको भगवानपुरमा दुई दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट संगठन अखिल जनस्वास्थ्यकर्मी महासंघको ब्यवस्थापनमा भएको शिविरमा झण्डै २२ सय स्थानीयले आफ्नो स्वास्थ्य परिक्षण गराएका थिए ।
अखिल जनस्वास्थ्यकर्मी महासंघको महासचिब प्रकाश चन्दको नेतृत्वमा चितवन मेडिकल कलेजका ४० जना स्वास्थ्यकर्मीहरुले शिविरमा उपस्थितको स्वास्थ्य परीक्षण गरेका थिए ।
शिविरमा स्त्रीरोग, बालरोग, हाडजोर्नी, छाला तथा यौनरोग, नाक कान तथा घाटी लगायतको परिक्षण र औंषधि वितरण गरिएको थियो ।
शिविरको पहिलो दिन १ हजार ५० जना र दोस्रो दिन १२ सय जना बिरामीहरु स्वास्थ्य सेवा लिएको महासंघका महासचिव प्रकाश चन्दले जानकारी दिए ।
उनले शिविर सन्चालन भएको स्थानका जनताले सहज र सुलभ रुपमा स्वास्थ्य सेवा पाउँन नसकिरहेको अवस्था भएकाले आफुहरुले शिविर सन्चालन गरेको बताए । यो ने.क.पा. महासचिव विप्लवको गाउँ पनि हो ।
उनले यस्ता स्वास्थ्य शिविरलाई निरन्तरता दिने पनि बताए । कार्यक्रमको सहजीकरण नेपाल कम्युनिस्ट पार्टी कपिलबस्तु र अखिल (क्रान्तिकारी) लगायतले गरेको थियो ।

सोम, असार ९, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य स्वास्थ्य समाचार

Like us On Facebook

Follow Us On Twitter