बझाङमा जिप दुर्घटना हुँदा ९ जनाको मृत्यु


बझाङ, असार २ ।
बझाङमा यात्रुवहाक जिप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँच पुरुष, तीन महिला र एक बालिका रहेका छन् ।

आज सदरमुकाम चैनपुरनजिकै रहेको डुङ्रीबाट मष्टा गाउँपालिकातिर जाँदै गरेको स १ ज १०७२ नम्बरको जिप मष्टा गाउँपालिका वडा नम्बर–१, डौठी भन्ने स्थनमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

सोमबार दिउसो २:४५ मा उक्त जीप दुर्घटनामा परेको सुदूरपश्चिम प्रदेश प्रहरीका प्रमुख डीआईजी सुरज केसीले जानकारी दिए।

दुर्घटनामा ज्यान गुमाउनेको सनाखत हुन बाँकी छ। जीप दुई सय मिटर भीरमा खसेकाले घाइतेहरूको उद्धारमा कठिनाई भइरहेको प्रहरीले जनाएको छ।

भीरबाटै पनि चार जनाको उद्धार गरिसकेको डीआईजी केसीले बताए। दुर्घटनाग्रस्त जीप भीरमा अड्किएको अवस्थामा रहेको प्रहरीले जनाएको छ। बझाङका प्रमुख जिल्ला अधिकारी सुरेश सुनार, प्रहरी नायब उपरीक्षक सूर्यबहादुर केसी सहितको प्रहरीको टोली घटनास्थलतर्फ गएको छ।

दुर्घटनामा परी ९ जनाको मृत्यु भएको र ५ जना गम्भीर घाइते रहेको वडा प्रहरी कार्यालय चैनपुरले जनाएको छ । प्रहरीका अनुसार जिपमा कतिजना सवार थिए भन्ने एकिन नभएको र जिप भीरमा अड्किएको छ । उद्धारकार्य जारी छ । घाइतेहरुलाई जिल्ला अस्पताल बझाङ ल्याइँदैछ ।

सोम, असार २, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter