लोकसेवाको विज्ञापन रद्द गर्न दिएको निर्देशन पालना हुनुपर्नेमा राजपाको जोड


काठमाडौं, असार २ ।
राष्ट्रिय जनता पार्टीका नेता तथा सांसद लक्ष्मणलाल कर्णले लोकसेवा आयोगको विज्ञापन रद्द गर्न संसदीय समितिले दिएको निर्देशन पालना हुनुपर्ने बताउनु भएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा संसदीय समितिको निर्देशन नमान्ने भनेर अभिव्यक्ति दिँदै आएका मन्त्रीलाई संकेत गर्दै उहाँले ‘मन्त्री आकाशबाट आएको होइन, मन्त्रीले बुझ्नु पर्छ, यो संसदले जन्माएको मन्त्री हो भन्दै प्रश्न गर्नु भयो ।

उहाँले संसदीय समिति पनि संसद नै भएकाले समितिले दिएको निर्देशन पालना गदिँनँ भन्नु संसदीय व्यवस्थाकै उपहास हुने प्रष्ट पार्नुभयो । समितिले विकल्प समेत दिएर निर्देशन दिएको उहाँको जिकिर थियो । अति आवश्यक भएको अवस्थामा करारमा कर्मचारी भर्ना गर्न समितिले बाटो खोलेको उहाँको भनाइ थियो ।

सोम, असार २, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter