खडेरीविरुद्धको संघर्ष दिवस, मौसममा फेरबदल हुँदा उर्वर भूमि अनुत्पादक


काठमाडौं, असार २ ।

आज विश्व मरुभूमीकरण तथा खडेरीविरुद्धको संघर्ष दिवस, ‘भविष्यका लागि सँगै अघि बढौँ’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईँदैछ ।

बढ्दो मरुभूमीकरण र खडेरीविरुद्ध विश्व समूदायमा जनचेतना फैलाउन र ऐक्यवद्धता कायम गर्नका लागि सन् १९९५ देखि हरेक वर्ष जुन १७ का दिन विश्वभर यो दिवस मनाउन सुरु गरिएको हो । संयुक्त राष्ट्र संघको दिगो विकासको लक्ष्य पुरा गर्नका लागि पनि यो दिवस महत्वपूर्ण मानिएको छ ।

यो दिवसले खाद्य सुरक्षादेखि वातावरणीय मुद्दा, भू–संंरक्षणलगायत विभिन्न विषयमा विश्व समुदायमाझ निरन्तर सन्देश प्रवाह गर्दै आएको छ । जमिनको खण्डीकरण र मानवीय व्यवहारका कारण जलवायु परिवर्तनलाई सहयोग पुगेको छ भने त्यसको असर प्राकृतिक सम्पदा तथा मानव समुदायमा पर्न थालेको छ ।

खडेरीलाई प्राकृतिक असरका रुपमा पनि व्याख्या गर्ने गरिएको छ । स्थानीय मौसममा फेरबदल हुँदा भूमिको उत्पादक क्षमता घटेर उर्वर भूमि क्रमशः अनुत्पादक हुन थालेका छन् ।

 

सोम, असार २, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter