हेटौंडाबाट पथलैया हिँडेको बस दुर्घटनाहुँदा १ जनाको मृत्यु, २२ घाइते


हेटौंडा, असार २ ।

मकवानपुरको हेटौंडाबाट पथलैया हिँडेको बस आज बिहान दुर्घटनामा परेको छ । दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने २१ यात्रु घाइते भएका छन् ।

ना ५ ख ४०१५ नम्बरको यात्रुवाहक बस सोमबार बिहान मकवानपुर र बाराको सीमाक्षेत्र चुरीयामाई मन्दिर नजिकै दुर्घटना हुँदा १ जनाको ज्यान गएको हो । दुर्घटनामा गम्भीर घाइते १ जनाको मृत्य्ु भएपनि पहिचान खुलेको छैन । दुर्घटनामा २१ जना घाइते भएको मकवानपुरका एसपी मुकेश सिंहले जानकारी दिनुभयो । बसमा ३० यात्रु सवार रहेको बताइएको छ ।

एसपी सिंहका अनुसारसुरक्षाकर्मी तथा स्थानीयको सहयोगमा घाइतेहरुलाई उद्धार गरेर विभिन्न अस्पतालमा पुर्याइएको छ । बस मोडबाट तल खसेको छ । बढी गति र मोडका कारण बस दुर्घटनामा परेको हुनसक्ने एसपी सिंहले बताउनुभयो । यसबारे प्रहरीले अहिले थप अनुसन्धान गरिरहेको छ ।

सोम, असार २, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter