प्रहरीले अदालतको आदेश नमानेको भन्दै बार आन्दोलित, प्रजिअलाई ज्ञापनपत्र


पोखरा, २ असार । अदालतको आदेशमा रिहा भएका नेपाल कम्युनिस्ट पार्टी कास्कीका सेक्रेटरी जंगबहादुर भण्डारीसहित ९ जनालाई प्रहरीले बार परिसरबाटै पुनः गिरफ्तार गरेपछि उच्च अदालत बार एशोसिएशन पोखरा आन्दोलित बनेको छ ।

अदालतको आदेश नमानेर प्रहरीले वार परीसरभित्र रहेका उनीहरुलाई पुनः गिरफ्तार गरेको बिरोधमा बार एशोसिएशन पोखरा आन्दोलित बनेको हो । गिरफ्तार ने.क.पा.का कायकर्तालाई उच्च अदालत कास्कीले रिहा गर्न दिएको आदेश लगत्तै कास्की प्रहरीले बार कार्यालय भित्रैबाट राती पक्राउ गरेको थियो । बार कास्कीले आज प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढासमक्ष ज्ञापनपत्र बुझाउँदै उच्च अदालत बार एशोसियशन पोखराले अदालत परिसरबाट यस्तो कार्य भएकोमा चिन्ता एवम् चासो ब्यक्त गरेको छ ।

शान्तिपूर्ण र्याली प्रर्दशन गर्दै बार एशोसियशन पोखराका सदस्यहरुले प्रहरीको रबैयाविरुद्ध आन्दोलित भएको जनाएका छन । ज्ञापनपत्र बुझाउँदै उच्च अदालत बार एशोसियशन पोखराका अध्यक्ष रोहित राज बास्तोलाले यहि जेठ ३० गते बार एशोसियशन पोखरा भित्रको कार्यालयबाट गैरकानुनी तवरले कास्की प्रहरीले बिप्लव ने.क.पा.का ९ जनालाई पक्राउ गरेकोमा गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ ।

जेठ २५ गते कास्कीको अन्नपूर्ण गाउँपालिका ११ उरीस्थित आमा समुहको भवनबाट गिरफ्तार उनीलाई राज्यद्रोहको मुद्धा लगाईएको थियो । तर उनीहरुको रिहाईको माग गर्दै परको बन्दी प्रत्यक्षीकरणको रिटमाथि बहस सुनुवाईपछि न्यायिधिसद्वय तेजबहादुर कार्की र सुभाष पौडेलको संयुक्त इजलासले रिहा गर्न आदेश जारी गरेको थियो ।

१८ जना कार्यकर्ता पक्राउ परेका मध्ये आज ८ जना रिहा भएका छन भने अन्य १० जना प्रहरी हिरासतमा रहेका छन । अदालतको आदेश प्रहरीले नमानेको भन्दै कास्कीमा मानवअधिकारकर्मि,कानुन वातावरणीय व्यवसायी,नागरिक समाजका अगुवाहरु आन्दोलित भएका छन । photo: news24

सोम, असार २, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया