ओम्सा फाउन्डेसनद्वारा निशुल्क स्वास्थ्य शिविर सम्पन


अर्घाखाँची ।

विगतमा माओबादीको जनमुक्ति सेनाको फर्मेसनमा स्वास्थ्यकर्मीको भूमिका निर्वाह गरेका स्वास्थ्यकर्मीहरुद्वारा सन्चालीत ओम्सा फाउन्डेसन र सामाजिक विकास मन्त्रालय ५ नम्बर प्रदेशको संयुक्त आयोजनामा अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाको खिल्जी स्वास्थ्य चौकीमा १ दिने निशुल्क विशेषज्ञ स्वास्थ्य शिबिर सम्पन्न भयको छ l

शिविरमा प्रसुती रोग विशेषज्ञ ५ जना र २ जना जनरल फिजिसियन गरि ७ जना विशेषज्ञ डाक्टर तथा ल्याब,भिडियो एक्सरे सेवा उपलब्ध गराइयको थियो l शिविरमा ३१२ जनाको स्वास्थ्य परिक्षण गरिएको थियो l
विशेषज्ञ सेवाको पहुच नभयका समुदायलाई लक्षित सो शिविर संचालन गरियको थियो lदेशका सबै जनतामा स्वास्थ्य सेवाको पहुच पुर्याउन भूमिका खेल्ने,जनयुद्ध,जन आन्दोलनका घाइतेको उपचारमा सहयोग तथा जनयुद्धमा स्वास्थ्य क्षेत्रमा हासिल गरियका उपलब्धीहरुको रक्षा गर्ने मुख्य उदेश्यले ओम्सा फाउन्डेसन स्थापना गरियको र यस्ता कार्यक्रमहरु आगामी दिनमा पनि गर्दै जाने ओम्सा फाउन्डेसन का अध्यक्ष प्रेम प्रकाश वली ले जानकारी गराउनु भयो l

आइत, असार १, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य स्वास्थ्य समाचार

Like us On Facebook

Follow Us On Twitter