ललित स्मृति अण्डर– १८ फुटबलमा एनआरटीको विजयी सुरुवात


काठमाडौं २९ जेठ ।
चौंथो संस्करणको ललित स्मृति अण्डर– १८ फुटबल च्याम्पियनसिपमा न्युरोड टिम एनआरटीले विजयी सुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा भ्याली च्यासल युथ क्लबलाई ४.१ गोल अन्तरले पराजित गर्दै एनआरटीले सुखद सुरुवात गरेको हो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा एनआरटीलाई जित दिलाउन रिजन माझी, क्रितिश रत्न छुन्जु,सुजन शर्मा धिताल र विवेक राईले एक एक गोल गरे । च्यासलका सिराब लो तामाङले एक गोल फर्काए ।

खेलको पहिलो मिनेट मै रिजनले गोल गर्दै एनआरटीलाई अग्रता दिलाएका थिए । तर, खेलको ४४ औं मिनेटमा सिराबको गोलबाट च्यासल खेलमा फर्किएको थियो । दोस्रो हाफमा एनआरटीले लगातार ३ गोल गर्यो । खेलको ५४ औं मिनेटमा क्रितिशले गोल गर्दै एनआरटीको अग्रता २–१ को बनाए ।

खेलको ८१ औं मिनेटमा सुजनले गोल गर्दै एनआरटीको अग्रता ३–१ को बनाए । त्यसपछि खेलको ८७ औं मिनेटमा विवेकले गोल गर्दै एनआरटीलाई ४–१ को सहज जित दिलाए ।

जितसंगै समूह ’ए’ को एनआरटीले महत्वपूर्ण ३ अंक जोडेको छ । प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले १ लाख ५० हजार रुपैयाँ पाउनेछ ।

बुध, जेष्ठ २९, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया