अफगानिस्तानमा हवाई आक्रमण, पाँच सैनिक मारिए


ऐजेन्सी २९ जेठ ।
अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको इमाम साहिब जिल्लामा आज आतङ्ककारीबिरुद्ध गरिएको हवाई आक्रमणका क्रममा पाँच सैनिक मारिनुका साथै अन्य सात घाइते भएका छन् ।
उतm जिल्लाका गभर्नर महबोउल्ला सायेदीका अनुसार क्युसलक क्षेत्रमा आतङ्ककारी लक्षित यस हवाई आक्रमणमा परी पाँच सैनिकको मृत्यु हुनुभएको साथै अन्य सात घाइते भएका थिए ।

उक्त हवाई आक्रमण अफगान हवाई सैनिक अथवा अमेरिका आवद्ध संयुक्तबलले गरेको हो भन्ने प्रष्ट भएको छैन । तर आफ्नै सहकर्मीमाथि आक्रमण भएको यो पहिलो घटना भने नभएको बताईएको छ ।

अफगानिस्तानमा बारम्बार यस्ता आक्रमण भएको पाइन्छ । गत मे १७ मा हेल्मन्ड प्रान्तमा नाहर ए सराज जिल्लामा अमेरिकाआवद्ध बलले तालिबान लडाकू लक्षित आक्रमणमा १७ प्रहरी मारिनुका साथै अन्य ११ जना घाइते भएका थिए ।

बुध, जेष्ठ २९, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया