संसदमा सांसदको प्रश्न, ‘होली वाइन’ छर्कने अनि आफ्ना मठ–मन्दिर ध्वस्त पार्नेगरी विधेयक ल्याउने ?


काठमाडौं, जेठ २९ ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले लोकसेवा आयोगले निकालेको स्थानीय तहको कर्मचारी भर्नाको विज्ञापनका विषयमा स्पस्ट पार्न सरकारसँग माग गरेको छ ।

प्रतिनिधिसभाका आजको बैठकमा बोल्दै कांग्रेस सांसदहरुले राज्य व्यवस्था तथा सुशासन समिति भर्ना प्रक्रिया रद्द गर्न निर्देशन दिने र सरकार यसमा मौन बस्ने काम उपयुक्त नभएको बताएका छन ।

विज्ञापनको फारम भरेकाहरु आन्दोलनमा उत्रिएको भन्दै तत्काल यसबारे स्पस्ट पार्न सरकारसँग उनीहरुले माग गरेका हुन । प्रदेश लोकसेवा आयोग गठनमा ध्यान दिन सरकारलाई सुझाव दिँदै कांग्रेस सांसदहरुले विज्ञापनलाई समावेशी र समानुपातिक बनाउन सुझाव दिएका छन । यस्तै, गुठी विधेयकले धर्म, संस्कृतिमाथि प्रहार गरेको भन्दै तत्काल फिर्ता लिन पनि सरकारलाई चेतावनी दिएका छन् ।

कांग्रेस सांसद प्रकाशमान सिंहले गुठी विधेयकले धर्म, संस्कृतिमाथि प्रहार गरेको भन्दै ‘होली वाइन’ छर्कने अनि आफ्ना मठ–मन्दिर ध्वस्त पार्नेगरी विधेयक ल्याउने सरकारको के नियत हो ? भनी प्रश्न गर्नुभएको छ ।

बुध, जेष्ठ २९, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया