पोखरामा लागूऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले गोली चलायो, एक जना घाईते


पोखरा २९ जेठ ।
पोखरामा लागूऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको छ । पोखराको उत्तम चोकमा प्रहरीको गोली लागेर गोविन्द थापा घाइते भएका हुन ।

लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा गोली चलाएको प्रहरीले दाबी गरेको छ । लागूऔषध लिएर हिंडेको खबर पाएपछि पछ्याउँदै गएको प्रहरीलाई नै आक्रमण प्रयास गरेकाले प्रतिरक्षाका लागि गोली चलाएको प्रहरीले जनाएको छ ।

खुट्टामा गोली लागेर घाइते थापाको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । थापाको साथबाट डाईजोपाम, नुर्फिन र फेनार्गनलगायत १५ सय थान लागूऔषध बरामद गरेको प्रहरीले जनाएको छ ।

बुध, जेष्ठ २९, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter