आफू ‘राजा’ हुँ भन्ने व्यवहार स्थानीय तहले त्याग्नुपर्छः मुख्यमन्त्री पौडेल


मकवानपुर, २९ जेठ ।
प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले स्थानीय तहका सरकारले आफू त्यहाँको ‘राजा’ हुँ भन्ने व्यवहार त्याग्न आग्रह गर्नुभएको छ । अहिले स्थानीय सरकारले प्रदेश तहबाट गएका योजनाका काम समेत हुन नदिने सम्मका कुरा आएकाले यस्तो प्रवृत्ति छोड्नका लागि उहाँले निर्देशन समेत दिनुभएको हो ।

प्रदेश नम्बर–३ को प्रदेश समन्वय परिषदको दोस्रो बैठकको अवसरमा बोल्दे उहाँले स्थानीय तहलाई बलियो बनाउनका लागि आफू लागि परेको स्मरण गर्दै अहिले प्रदेश र स्थानीय तहबीचमा भएको समस्या हल गरिनुपर्ने बताउनुभयो ।

संविधानले स्थानीय सरकारलाई स्वायत्त अधिकार दिएको भन्दैमा अरुको कुरा मान्नै नहुने ब्याख्या गलत भएको उहाँले बताउनुभयो । मुख्यमन्त्री पौडेलले एक अर्कालाई स्वीकार नगर्ने हो भने सरकार सफल नहुने बताउनुभयो ।

उहाँले प्रदेश र स्थानीय मिलेर जानुपर्ने र एउटै रथको पाङ्ग्रा मिलेमात्र रथ अघि बढ्ने बताउनुभयो ।

बुध, जेष्ठ २९, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार