समाचार संकलन गर्न पुगेका एक पत्रकारमाथि हातपात


एजेन्सी, २९ जेठ । भारतको उत्तर प्रदेशस्थित शामलीमा समाचार संकलन गर्न पुगेका एक पत्रकारमाथि हातपात भएको छ ।

रेलवेको ढिलासुस्तीको समाचार संकलन गर्न गएका एक निजी न्युज च्यानल न्युज–२४ का स्ट्रिंगर अमित शर्मालाई रेलवे प्रहरी कर्मचारीले मोवाईल खोसेर कुटपिट गरेका हुन् ।

अमितले आफ्नो मोबाइलबाट फुटेज लिइरहेको बेला पुलिस इन्सपेक्टर राकेश कुमार र जवान सञ्जय पवारले मंगलबार उनको मोबाइल खोसेर कुटपिट गरेको जनाईएको छ । रातभर थानामा बन्द उनी बुधबार बिहान मुक्त भएका छन् ।
रिहा भएपछि पत्रकार अमितले भने, ‘उनीहरु सादा पोशाकमा थिए । मेरो मोबाइल खोसे । गाली, कुटपिट गरे र हिरासतमा बन्द गरिदिए । उनीहरुले मेरो मुखमा पिसाबसमेत गरे।’

पत्रकार कुटपिट मामिलाको भिडियो भाइरल भएपछि उत्तर प्रदेश प्रहरीका डीजीपी ओपी सिंहले इन्सपेक्टर राकेश कुमार र जवान सञ्जय पवारलाई निलम्बित गरेका छन् ।

बुध, जेष्ठ २९, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया