सलाम एयरद्धारा रक्तदान कार्यक्रमको आयोजना, ७५ जनाले गरे रक्तदान


काठमाडौ ।
सामाजिक उत्तरदायित्वको भावनालाई मध्यनजर गर्दै आइएमई ट्राभल्स जि.एस.ए भई विगत सेप्टेम्बर देखि संचालनमा रहेको

सलाम एयरको आयोजनामा हालै लाजिम्पाट स्थित कार्यालय प्रङ्गणमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त अवसरमा ७५ जनाले रक्तदान गरेका थिए ।
आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल रक्तदानमा सहभागी भएकाहरुलाई धन्यवाद दिएका थिए ।

सलाम एयरलायन्सले आफ्नो सामाजिक उत्तरदायित्वको भावनालाई मध्येनजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको आइएमई ट्राभल्स तथा सलाम एयर काठमाडौँका प्रमुख कार्यकारी अधिकृत विनोद सापकोटाले जनाए ।
आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई ट्र«ाभल सलाम एयरको नेपाल जीएसए हो । मध्यपूर्वी एसियाका विभिन्न देशहरुमा कार्यरत तथा उक्त देशहरुमा घुम्न चाहाने नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई लक्षित गरि सलाम एयरलेआइएमई ट्र«ाभलको सहकार्यमा हवाई सेवा संचालनमा ल्याएको हो ।

बुध, जेष्ठ २९, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य स्वास्थ्य समाचार

Like us On Facebook

Follow Us On Twitter