अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा ट्युनिसियासंग क्रोएसिया पराजित


एजेन्सी जेठ २९ ।
आज विहान भएको अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा ट्युनिसियाले क्रोएसियालाई पराजित गरेको छ । घरेलु मैदानमा भएको खेलमा क्रोएसिया ट्युनिसियासंग २–१ गोल अन्तरले पराजित भएको हो ।

विश्वकप उपविजेता टिम अफ्रीका कप अफ नेसन्सको तयारीमा रहेको ट्युनिसियासंग पराजित भएको हो । ट्युनिसियाको जितमा अनिस बद्रि र नैइम स्लिटीले एक एक गोल गरे । क्रोएसियाका ब्रुनो पेट्कोभिकले एक गोल फर्काए ।

पहिलो हाफमा दोस्रो रोजाईको खेलाडी मैदान उतारेको क्रोएसियाले दोस्रो हाफमा पहिलो रोजाईका खेलाडी मैदान प्रवेश गराएपनि जित निकाल्न सकेन ।

बुध, जेष्ठ २९, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य खेलकुद समाचार