गुठीको प्राण उडाउने गरी विधेयक ल्याईयोः नेता सिंह


काठमाडौं, २९ जेठ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संस्कृति र परम्परा मास्ने गरी आएको गुठी विधेयक फिर्ता लिन माग गरेको छ ।

प्रतिनिधिसभाको आज बसेको बैठकको शुरूमै सभामुखसँग समय लिएर कांग्रेसका प्रकाशमान सिंहले गुठीयारसँग परामर्श नगरी ल्याएको विधेयक फिर्ता गर्न माग गर्नू भएको हो । संविधानको प्रावधान र गुठीको प्राण उडाउने गरी खराब नियतबाट ल्याइएको विधेयक तुरुन्त फिर्ता लिन उहाँले माग गर्नुभयो ।

यस्तै कांग्रेसकै अर्का नेता गगन थापाले गुठी सम्बन्धी विधेयकको चर्को विरोध गर्दै तत्काल फिर्ता गर्न सरकारसँग माग गर्नु भएको छ ।

नेता थापाले स्वर्गद्वारी चलाउँदा प्रधानमन्त्री केपी ओली सकिने चेतावनी समेत दिनुभयो । पशुपतिनाथको मन्दिरका पुजारी चलाउँदा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सकिएको चर्चा गर्दै स्वर्गद्वारी चलाउँदा प्रधानमन्त्री ओली सकिने नेता थापाको चेतावनी थियो ।

आज प्यूठानको बिजुबारमा भएको कांग्रेससभालाई सम्बोधन गर्दै उहाँले संस्कृतिमाथि प्रहार नगर्न चेतावनी दिनुभयो ।

बुध, जेष्ठ २९, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter