सुपुर्दगीसम्बन्धी प्रस्तावित विधेयकको विरोधमा हङकङमा चर्कियो प्रदर्शन


एजेन्सी, जेठ २९ । हङकङमा सुपुर्दगीसम्बन्धी प्रस्तावित विधेयकको विरोधमा भइरहेको प्रदर्शन थप चर्किदैं गएको छ ।

आज प्रदर्शनकारीहरुले हङकङको मुख्य सडक अवरुद्ध गर्नुका साथै प्रशासनिक कार्यालय घेराउ गरेका छन् ।

उक्त विधेयक यसै महिनामा संसदमा निर्णयार्थ पेश गर्ने तयारी गरेपछि प्रदर्शनकारीहरुले विरोधमा उत्रिएका हुन् ।
आज संसदमा विधेयकमाथि छलफल हुने कार्यक्रम छ । ठूलो संख्यामा भेला भएका प्रदर्शनकारीहरु संसद भवन अगाडि धर्नामा छन् ।
सरकारले वाक स्वतन्त्रता तथा विरोध प्रदर्शनको अधिकार कुण्ठित हुने गरी प्रस्तावित विधेयक प्रयोग नहुने प्रष्ट पारेको छ । तर विरोधीहरुले उक्त कानुन दुरुपयोग हुने सक्ने र चिनियाँ स्वार्थअनुसार कानुन बनाउन लागेको भन्दै विरोध गरेका छन् ।

सुपुर्दगी कानुनमा गरिएको नयाँ प्रस्तावमा चीन, ताइवान र मकाउका अधिकारीले हङकङमा अपराध तथा बलात्कारमा आरोप लागेकालाई सुपुर्दगीका लागि आग्रह गर्ने व्यवस्था छ ।
यद्यपी उनीहरुलाई सुपुर्दगी गर्नेरनगर्नेबारे मुद्दाको प्रकृतिअनुसार निर्णय गरिने प्रस्तावित कानुनमा उल्लेख छ । हङकङका अधिकारीहरुले सुपुर्दगीबारे अन्तिम निर्णय हङकङस्थित अदालतले लिने बताएका छन् ।

 

बुध, जेष्ठ २९, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया