सांसदलाई ल्यापटप वितरण गर्ने निर्णयको चौतर्फि विरोध,कस्ले के भने ?


काठमाडौं, जेठ २९ । संघीय संसद सचिवालयले सांसदलाई ल्यापटप वितरण गर्नका लागि प्रकृया अघि बढाएसँगै त्यसको चौतर्फि विरोध सुरु भएको छ ।

संसद सचिवालयले प्रतिनिधिसभा र राष्ट्रिय सभाका ३३४ सांसदलाई एक–एक थान ल्यापटप दिनका लागि प्रक्रिया अघि बढाएको जनाएके छ । तर यसप्रति नेताहरुले भने असन्तुष्टि जनाएका छन् । सांसदहरुलाई ल्यापटप वितरण गर्नका लागि राज्यकोषबाट करिब साढे तीन करोड रुपैयाँ खर्च गरिँदैछ ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवं सांसद भीमबहादुर रावलले सांसदलाई ल्यापटप बाँड्ने काम नर्गन खबरदारी गरेका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले उक्त खबरदारी गरेका हुन् । उनले ट्वीट गर्दै भनेका छन्, ‘सांसदलाई ल्यापटप बाँड्ने काम नहोस् । ल्यापटप चलाउन चाहनेले स्वयं व्यवस्था गर्नु उचित हुन्छ । त्यस्तो गर्न सांसदले सक्छन् ।’

यस्तै प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले पनि सांसदलाई ल्यापटप बाँड्ने योजनाको विरोध गरेका छन् ।

उनले ट्वीट गर्दै लेखेका छन्, ‘हाम्रा माननीयज्यूहरुलाई ६ करोडले पुगेन, अब ३३४ ल्यापटप । अनि एक घर एक पजेरो, घरमा एक सहयोगी र सिंहदरवारमा दिउँसो एक आराम कक्ष थकान मार्न सरकारले व्यवस्थापन गरोस्, देशमा समृद्धि आउनेछ, गरिबी अन्त्य हुनेछ । अनि गाउँगाउँमा जनता सम्पन्न हुनेछन् ।’

ट्वीटरमा सर्वसाधारणले पनि सांसदलाई ल्यापटप उपलब्ध गराउन राज्यकोषको रकम खर्च गर्न लागिएकोमा असन्तुष्टि जनाएका छन् ।

कस्ले के भने ?

 

बुध, जेष्ठ २९, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार