एकदिवसीय विश्वकप क्रिकेटः आज अस्ट्रेलिया र पाकिस्तान भिड्दै


काठमाडौं जेठ २९ ।
एकदिवसीय विश्वकप क्रिकेटमा आज अस्ट्रेलिया र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदै छ । साविक विजेता अस्ट्रेलिया जारी प्रतियोगितामा चार खेलमा तेस्रो जितको खोजीमा छ ।

अघिल्लो खेलमा उसलाई भारतले हराएको थियो । उता पाकिस्तान भने प्रतियोगितामा दोस्रो जितको खोजीमा छ । पहिलो खेलमा वेष्ट इन्डिजसँग हारेको पाकिस्तिानले दोस्रो खेलमा इङ्ल्यान्डलाई हराएको थियो ।

श्रीलंका विरुद्धको तेस्रो खेल भने वर्षाले अवरुद्ध भएपछि दुबै टोलीले अंक बाँडेका थिए । विश्वकप क्रिकेटको जारी १२ औं संस्करणका खेल वर्षाले प्रभावित हुन थालेका छन् ।

बुध, जेष्ठ २९, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया