कैलाली र कञ्चनपुरमा आज फेरि हावाहुरीसहित वर्षा


कैलाली जेठ २९ ।
कैलाली र कञ्चनपुरमा आज फेरि हावाहुरीसहित वर्षा भएको छ । आज बिहानैदेखि सुरु भएको हावाहुरीसहितको वर्षाले जनजीवन प्रभावित भएको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले जानकारी दिनुभयो ।

गत बिहीबार पनि कैलाली आएको भीषण हावाहुरीमा परेर दुई जनाको मृत्यु भएको थियो भने ८० जनाभन्दा बढी घाइते भएका थिए । त्यसैगरी कञ्चनपुरमा पनि बिहीबार आएको हावाहुरीमा २५ जनाभन्दा बढी घाइते भएका थिए ।
हावाहुरीले कैलाली र कञ्चनपुरमा ठूलो क्षति र्पुयाएको थियो । पीडितहरुले राहतसमेत नपाइरहेको अवस्थामा आज पुनः हावाहुरीसहितको वर्षा भएपछि जनजीवन झन् प्रभावित भएको छ ।

बुध, जेष्ठ २९, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter