संसदमा कृषि मन्त्रालयका लागि छुट्याईएको बजेटमाथि छलफल


काठमाडौं जेठ २९ ।
प्रतिनिधिसभामा आज पनि विनियोजन विधेयकमाथिको छलफल जारी रहनेछ । छलफलको दोस्रो दिन आज वन तथा वातावरण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयका लागि छुट्याईएको बजेटका विभिन्न शीर्षकमा सांसदहरुले धारणा राख्नेछन् ।

प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाईएको छ । आगामी सोमबार भित्र छलफल सक्ने र मंगलबारबाट सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यतालिका संसद सचिवालयले सार्वजनिक गरेको छ ।

हिजो पहिलो दिन युवा तथा खेलकुद, शहरी विकास र अर्थ मन्त्रालयका लागि विनियोजित रकमबारे छलफल भएको थियो । विनियोजन विधेयकमाथि दैनिक ५ घण्टा छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ ।

बुध, जेष्ठ २९, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter