ललित स्मृति च्याम्पियनसिप आजबाट, उद्घाटनमा एनआरटी र च्यासल भिड्दै


काठमाडौं, २९ जेठ ।
चौंथो संस्करणको ललित स्मृति अण्डर÷ १८ फुटबल च्याम्पियनसिप आजबाट सुरु हुँदैछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने उद्घाटन खेलमा न्युरोड टिम एनआरटी र भ्याली च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको पहिलो दिन १ मात्र खेल हुनेछ । दोस्रो दिनबाट हरेक दिन २ खेल हुनेछ । आगामी असार ३१ गतेसम्म चल्ने प्रतियोगितामा ’ए’ डिभिजनका १४ क्लबले प्रतिस्पर्धा गर्नेछन् । अघिल्लो बर्ष ’ए’ डिभिजन बाहिरका ४ टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

उपविजेताले १ लाख ५० हजार रुपैयाँ पाउनेछ । प्रतियोगिताको सुरुको दुई संस्करण आर्मीले जितेको थियो । ब्रिगेड ब्वाईज प्रतियोगिताको साविक विजेता हो । एन्फाका पुर्व उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको स्मृतिमा संघले प्रत्येक बर्ष उमेर समुहको प्रतियोगिता आयोजना गर्दै आएको छ ।

बुध, जेष्ठ २९, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य खेलकुद समाचार

Like us On Facebook

Follow Us On Twitter