विप्लव, प्रकाण्डमाथि अराजनीतिक हमला र प्रतिकृयावादी शक्तिकाे षड्यन्त्र – विष्णु पन्त


विस्तारै विस्तारै आम नेपाली जनताले स्वीकार्दै गएको तथ्य के छ भने नेपालको वैकल्पिक शक्ति भनेको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नै हो । कथित लोकतान्त्रिक गणतन्त्र त अब निरंकुश राजतन्त्रभन्दा पनि फासीवादी, निरंकुश र अधिनायकवादी बन्दै छ । गणतन्त्र त आज दलाल नवधनाड्य वर्गका सत्ता बनेको छ । खड्गप्रसाद ओली र पुष्पकमल दाहाल गठबन्धनको सत्ता आज भ्रष्ट, दलाल, कालोबजारीया, तस्कर, माफिया र अपराधीहरुको संगमस्थल बनेको छ । जनता यो सत्तादेखि वाक्क भएका छन् र वैकल्पिक शक्तिको खोजीमा भौतारिरहेका छन् । यो लुटतन्त्रको छिटो भन्दा छिटो ध्वंस गर्ने शक्ति आईदिए हुन्थ्यो भन्ने आम जनताको चाहना छ । सबै भ्रष्ट, दलाल, तस्कर, कालोबजारी, माफीया, अपराधी र लुटेराहरुलाई आजीवन जेल हाल्ने विश्वासिलो र शाहसिक शक्तिको उदय भए हुन्थ्यो भन्ने आमचाहना बनेको छ ।
आज सत्ता र विद्रोहका बीच पेचीलो संघर्ष अगाडि बढ्दै छ । सत्ताले दमन र सफायाको नीति अंगिकार गर्दै छ भने विद्रोहले जनप्रतिरोध र हस्तक्षेपको नीति अंगीकार गर्दैछ । जब विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भ्रष्टहरु, मानवतस्करहरु र अरबौं रकमको कर छली गर्ने एनसेल जस्ता कम्पनीहरुको विरुद्ध भीषण कार्वाहीको सुरुवात ग¥यो तब ओलीको सरकार तिलमिलायो र पार्टी माथि नै प्रतिबन्ध लगाउने हठात निर्णय ग¥यो । आज विप्लव नेतृत्वको पार्टीले आम जनविश्वास प्राप्त गर्दै जाँदा सम्पूर्ण प्रतिक्रियावादी शक्तिहरु एक भएर विभिन्न षडयन्त्रहरु गर्दै छन् ।

विप्लव र प्रकाण्डमाथिका व्यक्तिगत हमलाहरु
आज पार्टी महासचिव विप्लवमाथि बदनाम गर्नका लागि अरु केही नपाएर छोरालाई डाक्टर पढाएको अनि विप्लव पुत्र महंगो वाइक चढेर खिचेको पुरानो फोटो देखाएर जनता र कार्यकर्तामा भ्रम उत्पन्न गराउने धेरै प्रयत्नहरु गरिएका छन् । त्यस्तै गरी पार्टी प्रवक्ता प्रकाण्डमाथि पनि विगतमा पटक–पटक आर्थिक अपचलनका बनावटी र कृत्रिम समाचारहरु बनाइए र मुद्दा समेत चलाइए । वास्तवमा यस्तो गोयवल्श शैलीको दुष्प्रचार धेरै पहिलादेखि नै गरियो । र आजपनि त्यहि र भोली पनि त्यहि प्रक्रियाको पुनरावृक्ति भई नै रहनेछ । गोयवल्शको सिद्धान्त नै त्यही हो कि झुटो कुरा पनि हजार पटक दोहोराएपछि त्यो सत्य जस्तै हुन्छ र जनतामा विश्वास उत्पन्न हुन्छ । तर हाम्रोमा गोयवल्स शैलीले त्यति धेरै काम नगर्ने भयो किनकी जनता आफैं सचेत हुन थालीसके । शायद जसले आफ्नो प्रतिष्ठा र इतिहासलाई बेचेर बदनामीत भए तिनीहरुले विप्लव र प्रकाण्डलाई पनि आफु जस्तै बनाउन खोज्छन् र खोजिरहेका छन् । विप्लव र प्रकाण्डलाई धेरै आश्वासनहरु बाँडे पनि उनीहरुले मन्त्री, पार्टी अध्यक्ष आदि आदि ….। सम्पत्तिको त कुरै भएन …। यी सबै प्रलोभनहरु झुट र भ्रम थिए विप्लव र प्रकाण्डको लागि । केवल सत्ता, कुर्ची, पद र प्रतिष्ठाको विषय थिएन विप्लव र प्रकाण्डको लागि । प्रकाण्डले त यो सत्ताको मन्त्री सम्हालिसकेका थिए तर उनलाई यो सत्ताले अरुलाई जस्तो गलाउन सकेन ।

विप्लव र प्रकाण्डबीचको अन्र्तविरोधको हल्ला
प्रतिक्रियावादी शक्तिलाई के लागेको छ भने विप्लव र प्रकाण्ड बीच अन्र्तविरोध सिर्जना गर्न सके यो शक्ति पनि तहशनहश हुनेछ । विभिन्न समाचारहरुको योजनाबद्ध संप्रेषणहरु भए की जस्तै, विप्लव र प्रकाण्डबीच बोलचाल नै बन्द भएको छ भन्ने समाचार आए । प्रकाण्डमाथि कारबाही, विप्लव र प्रकाण्डबीच आरोप, प्रत्यारोप आदि आदि समाचारहरु पनि आइरहेका छन् र भोलि पनि आइरहने छन् । कतै प्रकाण्डलाई उचाल्ने अनि कतै विप्लवलाई उचाल्ने कोणबाट समाचारहरु बनिबनाउन वा रेडीमेट रुपमा आइरहेका छन् । नेपालमा ठूला मिडियाहरु पनि यस्ता समाचारहरु नियोजित रुपमा ब्यानर न्यूजका रुपमा संप्रेषण गरिरहेका छन् ।

स्थायी समितिमा अन्र्तविरोधको हल्ला
पार्टी अन्र्तविरोध सिर्जना गर्ने उद्देश्यका साथ पार्टीको स्थायी समितिका सदस्यहरुको बीचमा कृत्रिम मतभेद छ भनेर समाचारहरु आउने गरेका छन् । जस्तै प्रकाण्ड र सुदर्शनबीच अन्र्तसंघर्ष छ वा मारामारको स्थिति छ भन्ने समाचारहरु आईरहन्छन् । यस्ता उही प्रकृतिका समाचारहरु निरन्तर रुपमा आईरहेका छन् र ति भविष्यमा पनि आइरहने छन् भन्ने कुरामा पार्टी पंक्ति स्पष्ट हुन जरुरी छ ।
केही पिबिएम र सिसिएमको कार्बाही अनि पार्टी परित्याग
स्थायी समितिमा फुट र अन्र्तविरोध सिर्जना षडयन्त्र सफल हुन नसकेपछि केही पिविएम र सिसिएमलाई उचालेर पार्टीलाई बदनामीत गर्ने षडयन्त्र त भए तर ती फलदायी हुन सकेनन । जस्तै हालै मात्र पोलिटब्यूरो सदस्य पदम राई पार्टीले सरकारसँग वार्ता गरेर समस्याको समाधान गर्नुपर्छ भन्ने निहुँमा पार्टी छाडे र सरकारी कम्युनिष्ट पार्टीमा प्रवेश गरेको नाटक मञ्चन गरे । त्योभन्दा अगाडि पनि केहि केन्द्रिय सदस्यहरु विभिन्न निहुँमा पलायन भए । केही व्यक्ति वा नेताहरुको पलायन र भागदौडबाट पार्टीलाई तात्किक असर परेको छैन किनकी मुल कुरा विचार हो र मुल नेतृत्वको प्रतिबद्धता हो । केही संख्या घट्दैमा केहि फरक पर्दैन ।

भागदौड र क्रान्तिको सुनिश्चितता
जति जति क्रान्ति अगाडि बढ्दै जान्छ । त्यति त्यति पार्टी भित्र पनि दुश्मनको हमला अनि प्रतिकुल अवस्था बढ्दै जान्छ । अप्ठेराहरु बढ्दै जाँदा पार्टी भित्र पनि केही भागदौडहरु मच्चिदै जान्छन् । जब व्यक्तिले निजी स्वार्थलाई केन्द्रलाई राख्छ, तब संघर्षमा भन्दा आत्मसमर्पण, पलायन, धोका र गद्धारीका स्वर्ग देख्छ । उक्त सरकारी पार्टीले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सदस्यहरुलाई प्रवेश गर्नको लागि चौबीसै घण्टा ढोका खुल्ला गरेको छ । तर यो भागदौडले क्रान्तिको जीवन्ततालाई संकेत गर्दछ । क्रान्तिको ज्वारभाटाले बाह्य समाजमा मात्र हैन पार्टी भित्रको जीवनमा पनि उथल पुथल ल्याउँछ । विकृतिहरु विरुद्धको संघर्षले समाजमा मात्र हैन पार्टी भित्र पनि तरंगीत गर्दछ । क्रान्ति वा संघर्षको प्रक्रिया पार्टी भित्र र बाहिर सँगसँगै अगाडि बढ्छ ।

विप्लव र प्रकाण्ड प्रतिस्पर्धी होइनन् परिपुरक हुन 
विप्लव, प्रकाण्ड, कञ्चन सुदर्शन र सन्तोष बुढाको एउटा नेतृत्वको समूह छ, जो सबै एक अर्काका प्रतिद्वन्द्वी हैन परिपुरक नेताहरु हुन् । महासचिव विप्लवका सबै सहयोगी अंगहरु हुन स्थायी समिति सदस्यहरु । सामूहिक नेतृत्व प्रणाली छ र एकअर्का बीच कमरेडली सम्बन्ध छ । सबै साझा चिन्ता छ । कम्युनिष्ट पार्टी बनाउने कम्युनिष्ट समाज बनाउने र कम्युनिष्ट संस्कृतिको विकास गर्ने त्यसकारण पार्टीभित्रको सामूहिक एकतावद्ध सहयोगी र परिपुरक सम्बन्धलाई देखेर संसदीय नेताहरु भयभित र त्रसित छन् । त्यहाँभित्र पस्नको लागि प्रतिक्रियावादी शक्तिहरुले हरसम्भव प्रयत्न र षड्यन्त्र गरिरहेकै छन् । तर सफल हुन सकेका छैन । सायद अहिलेको जस्तो भावनात्मक र वैचारिक एकता कायम रहिरह्यो भने यो एउटा संसारकै लागि नमूना पार्टी बन्ने छ । किनकि त्यहाँ दूई लाई संघर्ष छैन । क्रान्तिकारी एकता कायम छ छलफल, बहस, लाइन संघर्षको परम्पराको सामूहिक रुपमा अन्त्य गरिएको छ । सबैको उद्देश्य क्रान्ति कसरी सम्पन्न गर्ने भन्नेमा चिन्तन छ । लाइन र गुटको निर्माणमा होइन । गुटको निर्माण गर्ने संस्कृतिलाई निषेध गरिएको छ । गुट होइन पार्टी बनाउने र त्यसमा पनि कम्युनिष्ट पार्टी बनाउने नेतृत्वको सामूहिक बुझाइ छ ।

मङ्ल, जेष्ठ २८, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया