वीपी प्रतिष्ठानमा परिक्षा अनियमितताको आशंकामा आयोगको हस्तक्षेप, उपकुलपति रौनियारलाई निर्देशनात्मक पत्र

एमडिएमएस, विडिएस र एमविविएसको परिक्षा अनिश्चित


काठमाडौं, २८ जेठ ।
धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति राजकुमार रौनियारले यसै शैक्षिक शत्रमा संचालन गर्ने एमडिएमएस, विडिएस र एमविविएस लगायतका विभिन्न शैक्षीक कार्यक्रमहरुको प्रवेश परिक्षा सन्चालनका लागि गठित समितिको संयोजकत्व नियमविपरित तोकेर अगाडि बढाएपछि त्यसलाई तत्काल रोक्न शिक्षा मन्त्रालयले निर्देशनात्मक पत्र पठाएको छ ।
विगतमा त्यस्तो परिक्षा प्रतिष्ठानका शिक्षाध्यक्षको संयोजकत्वमा हुनुपर्ने प्रावधान रहे पनि त्यसको उल्लङघन गर्दै उपकुलपति रौनियारले मनपरी ढंगबाट डिनलाई संयोजक तोकी प्रवेश परिक्षा अगाडि बढाउने तयारी गरेका थिए ।
उक्त विषयमा प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष उजुरी परेपछि प्रधानमन्त्री कार्यालयले शिक्षा मन्त्रालयलाई पुरानै प्रावधान अनुसार प्रवेश परिक्षा सञ्चालनका निम्ति निर्देशन दिन भनेको थियो । रौनियारले खराब तवरले शिक्षाध्यक्षलाई वाइपास गर्दै डीनको अध्यक्षतामा परिक्षा समिति गठन गरेकोमा वीपी प्रतिष्ठानका केही चिकित्सक तथा केही भारतीय विद्यार्थीले समेत प्रधानमन्त्री कार्यालय, शिक्षा मन्त्रालय र स्वास्थ्य मन्त्रालयमा समेत उजुरी दिएको स्रोतको दावी छ ।
जेठ २४ मा शिक्षामन्त्री गिरीराजमणि पोखरेलले शिक्षा मन्त्रालयको चलानी नम्बर २९२ को पत्र उपकुलपति रौनियारका नाममा पत्र पठाएका छन् । जसमा चिकित्सा शिक्षा आयोगको २०७५÷१२÷४ को बैठकको निर्णयअनुसार पूर्ववत विधि र प्रक्रियाअनुसारै चिकित्सा शिक्षा अध्ययन गर्न चाहनेका लागि प्रवेश परिक्षा आवश्यक प्रबन्ध मिलाउने भनी कुलपति तथा प्रधानमन्त्रीबाट निर्देशन भएको भनिएको छ । यो सँगै एमडिएमएस, विडिएस र एमविविएसको परिक्षा अनिश्चित बनेको छ ।
चिकित्सा शिक्षा आयोगका सह–अध्यक्ष समेत रहेका मन्त्री पोखरेलले पठाएको पत्रमा अर्को निर्णय नहुन्जेलसम्मका लागि चिकित्सा शिक्षा क्षेत्रमा संलग्न निकायहरूले हाल अपनाएका विधिअनुसार नीतिगत निर्णयबाहेकका यथावत सञ्चालन गर्ने, साझा प्रवेश परिक्षा, शुल्क, संगठन संरचना निर्माण तथा नियमावली तर्जुमाका लागि स्वास्थ्यमन्त्रीको संयोजकत्वमा समिति गठन गरिएको पनि जनाईएको छ ।
शिक्षा मन्त्रालयले कुलपतिको निर्देशअनुसार विगत बर्षहरूमा जस्तै शिक्षाध्यक्षको अध्यक्षतामा प्रवेश परिक्षा समिति गठन गरी परिक्षाको निष्पक्षता, स्वच्छता, पारदर्शिता र स्तरियता कायम गरी परिक्षाको कामकारबाही अगाडि बढाउन पनि पत्रमार्फत निर्देशन गरेको छ ।
यसअघि रौनीयारलाई वीपी प्रतिष्ठानको उपकुलपति पदबाट पदीय दायित्व निर्वाह नगरेको, प्रतिष्ठानमा हुने विभिन्न खरिद तथा ठेक्का पट्टामा भ्रष्टाचार गरेको भन्दै प्रतिष्ठानको ४२ औं सिनेटले बर्खास्त गरेको थियो । रौनीयारलाई बर्खास्त गरेपछि शिक्षाध्यक्ष गुरु खनाललाई कार्यबाहकको जिम्मेवारी दिइएको थियो ।
तर, सर्वोच्च अदालतमा रिट हाली पुनर्वहाली भएपछि रौनियारले खनालसँग व्यक्तिगत इगो साँध्न र अकुत रकम अवैध ढंगबाट आर्जनका लागि आफ्ना नजिकका डिनको संयोजकत्वमा प्रवेश परिक्षा गराउने तयारी गरेको स्रोत बताउछ ।
उनलाई अढाई वर्षको दौरानमा दुई वटा सरकारले कारवाही गर्दै निस्कासन गर्ने निर्णय गरेपनि राजनीतिक आवरणमा डा.रौनीयार टिक्दै आएका छन् ।

यस्ताे छ राैनियारलाइ पठाइएकाे निर्देशनात्मक पत्र 

मङ्ल, जेष्ठ २८, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार