‘नेवार समुदायको धर्म र संस्कृतिमाथि प्रहार भए उपत्यका घेराबन्दी हुन्छ’


काठमाडौ, जेठ २८ ।
नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले धर्म र संस्कृतिलाई चलाउने काम नगर्न सरकारलाई चेतावनी दिनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद केसीले सरकारले ल्याउन लागेको गुठी विधेयकको विरोध गर्दे काठमाण्डौ उपत्यकाका नेवार समुदायको धर्म र संस्कृतिमाथि प्रहार गर्ने काम भए उपत्यका घेराबन्दी हुने चेतावनी दिनुभयो ।

सरकारले ल्याएको विधेयकबाट गुठीयारहरु आतंकित भएको भन्दै उहाँले विधेयक उपत्यकावासीलाई कुनै पनि अवस्थामा स्वीकार्य नहुने चेतावनी दिनुभयो । धर्म संस्कृतिको संरक्षणको लागि मण्डलामा आएका सर्वसाधरणलाई सरकारले निर्मम ढंगले लाठी प्रहार गर्ने काम भएको भन्दै उहाँले घटनाको घोर भर्त्सना गर्नुभयो ।

उहाँले विधेयक फिर्ता नलिएर त्यसको विरोधमा काठमाडौ घेराबन्दी हुने र भयाभह स्थित सिर्जना हुने चेतावनी दिनुभयो । प्रधानमन्त्रीले विदेशीको धर्म प्रचारप्रसार गरेर हिन्दु धर्म समाप्त पार्ने खेलमा लागेको आरोप लगानुभयो । उहाँले हिन्दू धर्म मात्रै नभई बौद्ध लगायतका धर्मका पनि गुठीहरु रहेको भन्दै धर्म संस्कृति ध्वस्त पार्ने गुठी विधेयक तत्काल फिर्ता गर्न माग गर्नुभयो ।

गुठीयारहरु आफूहरुको धर्म र संस्कृति हनन गर्न लागेको भन्दै निकै आक्रोशित रहेको भन्दै काठमाण्डौवासीको संस्कार र भावनासँग खेलवाड नगर्न आग्रह गर्नुभयो ।

मङ्ल, जेष्ठ २८, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार