च्याउ क्षेत्रले धेरैलाई रोजगार दिन सक्छः महर्जन


पछिल्लो समय नेपालमा च्याउखेतीको विकास तीव्र गतिमा हुँदै गएको छ । बढ्दो मागका कारण च्याउखेतीमा आबद्ध किसान थप व्यवसायिक बन्दै गएका छन् । नेपालमा च्याउखेतीले व्यावसायिक रूप लिएको धेरै भएको छैन । यद्यपि, छोटो समयमै यसले थुप्रै किसानहरूको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेलेको छ । एग्रो टाइम्सका कृषि प्राविधिक तथा काठमाडौँ संवाददाता बसन्त राज अवस्थीले बिगत १९बर्षदेखि नै च्याउको उत्पादन तथा हाल ८ बर्षदेखी च्याउको बिउसमेत उत्पादन गरी विक्रिवितरण गरीरहेका आ.के.मसरुम एण्ड रीसर्च सेन्टरका संचाल रक्कि महर्जनसँग च्याउको सम्भावना र चुनौतीको सेरोफेरोमा च्याउ भलाकुसारी गरेका छन्ः

च्याउलाई यहाँले कसरी लिनुहुन्छ ?
खाँदा स्वादिलो, भेज नन्भेज सबैले खाने पोषिलो औषधीजन्य बढ्दै गएको वजार र मनग्य आम्दानीवाट स्वरोजगारी समेत सिर्जना हुने यस च्याउको खेती ग्रामीण क्षेत्रमा विस्तार गर्न सक्दा ग्रामीण कृषकहरुको आय स्तरमा वृद्धि भई जीवनस्तर सुधार अवश्य भएको छ र खासमा मैले च्याउलाई खानेकुरा र औषधीको रुपमा धेरै पहिले देखि नै प्रयोग गर्दै आइएको हो, च्याउ खानामा जती स्वादिष्ट हुन्छ र यो पौष्टिक तवरले पनि निकै लाभदायक मान्न सकिन्छ । त्यसैले यसलाई पोषण तत्वका हिसाबले पनि राम्रो मानिन्छ किनकी यसमा बोसो र सोडियमको मात्रा कम हुन्छ र कोलेस्ट्रोलको मात्रा पनि अत्यन्त कम हुन्छ । च्याउ फाइबर, प्रोटिन, भिटामिन सी र अन्य भिटामिन तथा खनिज पदार्थको लागि राम्रो स्रोत हो ।

उपभोक्ता तथा प्रयोगकर्ताको प्रतिक्रिया च्याउको आजको समयमा ?
हालको च्याउको प्रयोगकर्ताहरु दिन प्रतिदिन बढीरहेको पाइन्छ । हामीले सुरु गर्दाको समयमा च्याउ खाने मान्छे खोज्नुपर्ने थियो तर हाल त्यो अवस्था छैन् । पौष्टिक तवरले समेत च्याउ निकै राम्रो मानिने हुनाले पनि यसको प्रयोग गर्ने उपभोक्ताहरु बढ्दै छन् र राम्रो प्रतिक्रिया पनि आइरहेको छ ।

यहाँको सस्थाले के सहयोग गर्छ त च्याउमा लाग्नेहरुको लागि ?
खासका हामीले च्याउखेतीको लागि आवश्यक बिऊहरु उत्पादन तथा बिक्रि गरीरहेका छौँ, यसैगरी च्याउखेतीका लागि आवश्यक परामर्श, तालिम तथा प्राविधिक सहयोग पनि दिने गरेका छौँ ।

अन्त्यमा केहि भन्नुहुन्छ कि ?
यो व्यवसायमा लाग्न चाहनेहरुले यसको बारेमा सहि जानकारी लिएर मात्र सुरुवात गर्नुपर्छ । फाइदा हुने रहेछ भनेर ध्यान नदिई वा कुरो नबुझी च्याउ खेती गर्नु हुँदैन । कुन प्रजातिको च्याउ लगाउने हो त्यसबारे राम्रो जानकारी लिनु आवश्यक छ । किनकि प्रजातिअनुसार च्याउ लगाउने तरिका, चाहिने तापक्रम, व्यापारको सिजन र बजार मूल्य फरक–फरक छ । त्यस्तै, कच्चा पदार्थ पनि बेग्लै हुन्छ । यो व्यवसाय पनि आत्मनिर्भरताको लागि एउटा बलियो माध्यम हुन सक्छ भन्न चाहन्छु ।

मङ्ल, जेष्ठ २८, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार