नेपाल वायुसेवा निगमद्धारा समाचारको खण्डन, यस्ताे थियाे जेठ २६ गतेकाे घटनाकाे वास्तविकता


काठमाडौं, २७ जेठ ।
नेपाल वायुसेवा निगमले केहि संचार माध्यमहरुमा तथ्यहीन समाचार संप्रेषण गरी भ्रम सिर्जना गर्न खोजेको भन्दै खेद व्यक्त गरेको छ ।
जेठ २६ गते आइतबार दिल्ली उडानमा जान लागेको च्ब्(द्दण्छ एयरबस ३२०–२०० जहाजमा पाइलटहरुले हेलचेक्राई गरेको भनी केही अनलाइनहरुमा प्रसारित समाचार पूर्णतः भ्रामक र कल्पोल्कल्पित र निगमको व्यवसायमा ठूलो क्षति पु¥याउन सड्यन्त्रस्वरुप आएको भन्दै त्यसको पूर्ण खण्डन गरेको छ ।

उडानको क्रममा आइआरएस, जहाजको पोजिसन र नेभिगेसन सिष्टममा ठीक भए/नभएको देखाउने कम्प्यूटर डाटावेस प्रणाली सुचारु गरेर नै टयाक्सीवेमा लगिएको र ट्याक्सी–वेमा नै रोकेर आइआरएस सुचारु गरेको कुरा झुठो रहेको निगमले जनाएको छ ।

सोमवार विज्ञप्ति जारी गरी निगमका पाइलटहरु आफ्नो दायित्व प्रति पूर्ण सचेत हुनुका साथै पूर्ण दक्ष भएकोले ट्याक्सी–वेमा आफ्टर स्टार्ट चेक लिष्ट र फ्लाइट कन्ट्रोल चेक गर्नको लागि केही समय रोकिएको पनि प्रष्ठ पारेको छ ।
सो क्रममा प्रि फ्लाईट चेक लिष्ट र एस्ओपी पूर्णरुपमा पालना गरिएको पनि जनाएको छ ।
एटीसीले ट्याक्सी गरिराखेको वेलामा जहाज ११ डिएमई मा आउँदैछ, तपाईहरु छिटो टेकअफ गर्न सक्नुहुन्छ भनेर अनुरोध गर्दा पाइलटले जहाज अवतरण गरे पछि मात्र हामी उडान गछौं भन्ने जानकारी गराइएको र सो क्रममा २ देखि ३ मिनेट ट्याक्सी–वेमा होल्डमा परेको निगमले बताएको छ ।
उक्त बिषयलाई तोडमोड गरी तथ्यहिन र भ्रामक समाचार प्रकाशित भएको भन्दै त्यस्तो भ्रममा नपर्न पनि निगमले सर्वसाधारणलाई आग्रह गरेको छ ।

सोम, जेष्ठ २७, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया