भारतीय अभिनेता गिरीश कर्नाडको निधन, कर्नाटकमा तीन दिन राजकीय शोक


एजेन्सि, जेठ २७ ।
भारतीय अभिनेता तथा निर्देशक गिरीश कर्नाडको आज ८१ वर्षको उमेरमा निधन भएको छ । उनी लामो समय देखि अस्वस्थ थिए । उनको बैगलोरमा बिहान ८ बजेर ३० मिनेटमा निधन भएको हिन्दुस्तान टाइम्सले जनाएको छ ।

६ दशक लामो समयसम्म भारतीय साहित्य, चलचित्र लेखन तथा निर्देशन तथा अभिनयमा बिताएका उनको निधन ‘पल्टिपल अर्गान फेलियर’का कारण भएको बताइएको छ ।

उनको निधन पछि कर्नाटक सरकारले तीन दिनको राजकीय शोकको घोषणा गरेको छ । कर्नाटकका मुख्यमन्त्री एच डी कुमारास्वामीले उनको निधनमा शोक व्यक्त गर्दै एक दिन सार्वजनिक बिदाको घोषणा गरेको आजतकले जनाएको छ।

उनले सन १९७१ मा चलचित्र ‘भस्म ब्रिक्रक्षय’ मार्फत चलचित्र क्षेत्रमा डेब्यु गरेका थिए। पहिलो फिल्म मार्फत नै उनले ३ वटा फिल्म फेयर अवार्ड हात पारेका थिए। यसैबीच गिरीश कर्नाडको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शोक व्यक्त गरेका छन् ।
मोदीले ट्विट गर्दै उनीसँगै उनको कला सबैको स्मरणमा रहिरहने बताएका छन् ।

सोम, जेष्ठ २७, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया