कठुआ सामुहिक बलात्कार घटनामा बाबु र एक नाबालकसहित ६ जना दोषी ठहर


ऐजेन्सी जेष्ठ २७ ।
भारत प्रशासित जम्मु–काश्मिरस्थित कठुआमा ८ वर्षिया बालिकाको सामुहिक बलात्कारपछि हत्या गरेको अभियोगमा विशेष अदालतले एक नाबालक सहित ६ जनालाई दोषी ठहर गरेको छ ।

पञ्जावको पठानकोटस्थित विशेष अदालतले गत वर्षको जनवरीमा भएको सो घटनाका ८ मध्ये ६ अभियुक्तलाई दोषी ठहर गरेको हो । दोषी ठहर हुनेहरूमा एक जना अवकाश प्राप्त सरकारी अधिकारी, चार जना प्रहरी अधिकारी र एक नाबालक छन् ।

ती नाबालकलाई भारतको कानुन अनुसार छुट्टै मुद्दा चलाइने जनाइएको छ । घटनाका दोषीमध्ये एक जना बालिकाकै बाबु भएको बीबीसीले उल्लेख गरेको छ । मुस्लिम समुदायकी ती बालिकाको शव कठुआस्थित एक जंगलमा भेटिएको थियो ।

सो लगतै हत्या अभियोगमा ८ जनालाई पक्राउ गरिएको थियो । जसको विरोधमा दक्षिणपन्थी हिन्दू समूह तथा वकिलले प्रदर्शन गरेपछि सो विषय चर्चामा आएको थियो । अभियुक्तहरू सबै घुमन्ते मुसलमान समुदायसँग भूमि विवादमा मुछिएका स्थानीय हिन्दू समुदायका सदस्य भएको प्रहरीले उल्लेख गरेको थियो ।

बालिकाकी आमाले भूतपूर्व सरकारी कर्मचारी सान्जी राम र प्रहरी अधिकारी दीपक खजुरियाले घटना गराएको भन्दै उनीहरूलाई फाँसी दिनुपर्ने माग राखेकी छिन् यद्यपी अदालतले यसबारे केही फैसला गरेको छैन ।

सोम, जेष्ठ २७, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया