दूरसञ्चार प्राधिरकणमा अध्यक्ष नियुक्तिका लागि दरखास्त आह्वान


काठमाडौं, जेठ २७ ।
सरकारले दूरसञ्चार प्राधिरकणमा अध्यक्ष नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । हाल सरकारले पुरुषोत्तम खनाललाई प्राधिरकणको कार्यवाहक अध्यक्ष बनाएको छ । आज एक सूचना जारी गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विभिन्न योग्यता तोकेर अध्यक्षका लागि दरखास्त आह्वान गरेको हो ।

यसअघि अध्यक्षमा नियुक्त भएका दिगम्बर झाले गत पुसमा राजीनामा दिएपछि अध्यक्ष पद रिक्त छ । यो पदमा योग्य उम्मेदवारले असार ९ गतेसम्म दरखास्त बुझाउनुपर्नेछ । ३० वर्षदेखि ६५ बर्ष ननाघेका व्यक्तिले आवेदन भर्न सक्नेछन् ।

दूरसञ्चार क्षेत्रसँग सम्बन्धित प्राविधिक, प्रशासनिक, बजार व्यवस्थापन, लेखा तथा लेखापरीक्षण वा कानुनी क्षेत्रमा मान्यता प्राप्त शैक्षिक संस्थाबाट कम्तिमा स्नातक उपाधि हासिल गरेको शैक्षिक योग्यता राखिएको छ ।

टेलिकम क्षेत्रमा कम्तिमा १० बर्षको अनुभव पनि अनिवार्य गरिएको छ । सरकारी सेवा वा सार्वजनिक संस्थान, प्राधिकरण, बोर्ड, समिति, आयोग, प्रतिष्ठान वा सार्वजनिक कम्पनीको कर्मचारीको हकमा राजपत्राकिंत प्रथम श्रेणी, दशौं तह वा सोभन्दा माथिल्लो पदमा काम गरेको अनुभव हुनुपर्ने छ ।

सोम, जेष्ठ २७, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter