भारतद्धारा पुनर्निर्माणका लागि दोस्रो किस्तावापतको रकम १ अर्ब सहयोग


काठमाडौं २७ जेठ ।
भारतले नेपालको भूकम्पपछिको पुनर्निर्माणका लागि दोस्रो किस्तावापतको रकम १ अर्ब ६० करोड उपलब्ध गराएको छ ।

आज अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मंजीवसिंह पुरीले भूकम्पपछिको पुनर्निर्माणका लागि दोस्रो किस्तावापतको रकम १ अरव ६० करोडको चेक अर्थमन्त्री डा. युवराज खतिवडालाई हस्तान्तरण गर्नुभएको हो ।

भारतले नेपालको निजी आवास पुनर्निर्माणका लागि दोस्रो किस्ता वापत १ अरव ६० करोड रुपैयाँ उपलब्ध गराएको अर्थ सचिव राजन खनालले जानकारी दिनुभएको छ । भारतले पहिलो किस्तावापत यसअघि २ अर्ब १० करोड रुपैयाँ उपलब्ध गराइसकेको छ ।

नेपालका लागि भारतका राजदुत सिंहले भूकम्पपछिको पुनर्निर्माणमा सहकार्य गर्न पाएकोमा भारत सरकार खुसी भएको बताउनु भएको छ ।

सोम, जेष्ठ २७, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य विजनेस समाचार