यस वर्ष मनसुन एक साता ढिलो भित्रिने


काठमाडौ, २७ जेठ । यस वर्ष मनसुन एक साता ढिलो भित्रिने मौसम पूर्वाअनुमान महाशाखाले जनाएको छ । नेपालमा मनसुन जुन १० अर्थात आजका दिन भित्रिनुपर्नेमा एकसाता ढिलो गरी भित्रिने भएको महाशाखाका मौसमविद् मीनकुमार आर्यालले बताए ।
मनसुन प्रवेश गर्नका लागि स्थानीय हावाभन्दा पनि मनसुनी हावाको प्रभाव बढी हुनुपर्नेमा अहिले स्थानीय वायुको प्रभावले दिनभर घाम लाग्ने तथा बिहान, बेलुका र रातिको समयमा मेघ गर्जनसहित वर्षा भइरहेकोले पन िमनसुन ढिला हुने भएको हो ।
नेपालमा मनसुन भित्रिनका लागि दक्षिण पूर्वी हावा बंगालको खाडीबाट वायुमण्डलको तल्लो सतहदेखि करीब छ किलोमिटर माथिसम्म मनसुनी हावा प्रवेश हुनुपर्छ । हाल वायुमण्डलको तल्लो सतहमा मात्र त्यस्तो हावाको प्रवेश देखिएको मौसमविद् अर्यालले बताए ।
सामान्यतया नेपालमा मनसुन शुरु हुने समय जुन १० हो । यसवर्ष मनसुन एक साता ढिलो गरी सुरु हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गतवर्ष जुन ८ मा मनसुन सुरु भएको थियो ।

सोम, जेष्ठ २७, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार