नेकपा महासचिव विप्लवको किर्ते हस्ताक्षर गरेर खबरदारी पर्चा बाडिएपछि अखिल(क्रान्तिकारी)ले दियो यस्तो चेतावनी (विज्ञप्तीसहित)


जेष्ठ २७, भक्तपुर ।
अखिल (क्रान्तिकारी)ले आफ्नो माउ पार्टी नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवको नाममा भक्तपुरको एक नीजि स्कुललाई खबरदारी गरीएको नक्कली पर्चा वितरण भएपछि कडा चेतावनी दिएको छ ।
भक्तपुर जिल्लाको नबिन इङ्ग्लिश स्कुलले पटक पटक दिएको निर्देशन अबज्ञा गरेकाले बाध्य भएर भौतिक कारबाही गर्नूपरेको भन्दै विप्लवको नाम राखि नक्कली हस्ताक्षर बनाएर वितरण गरिएको भेटिएपछि अखिल (क्रान्तिकारी) भक्तपुर जिल्ला समितिले उक्त घटनामा आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टीको संलग्न नरहेको र सो पर्चा महासचिव विप्लवको किर्ते हस्ताक्षर गरिएको नक्कली पर्चा भएको प्रस्ट पारेको छ ।
नबिन बोर्डिंग स्कुलको भर्नालाई प्रभावित पार्नेगरि भक्तपुरको चागुनारायण नगरपालिकाको न्यौपाने गाउँमा रहेको स्कुलमा नेकपाका महासचिव विप्लबको नाममा भौतिक कारबाही गर्ने खबरदारी पर्चाहरु फालिएको भेटिएको छ ।

विप्लवकाे किर्ते हस्स्ताक्षर गरिएकाे छ खबरदारी पर्चा ।

खबरदार लेखिएका विप्लबको किर्ते हस्ताक्षर सहितका केहि पर्चाहरु भेटिएपछि अखिल (क्रान्तिकारी) भक्तपुरका सचिव मान बहादुर डाँगीले एक प्रेस बिज्ञप्ति जारिगरि उक्त पर्चाहरु नेकपा पार्टीको बद्नाम गराउन चाहने अपरिचित समुह रहेको स्पष्ट बताएका छन् ।
विप्लवको नाममा किर्ते हस्ताक्षर गरि धम्क्याउने कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउदै, त्यस्ता व्यक्तिहरुको तत्काल पत्तालगाई कारबाही गर्ने समेत बताएको छ ।

बिज्ञप्तिमा भनिएको छ, ‘उक्त घटनामा हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टीको संलग्न नरहेको उक्त बिद्यालय तथा स्थानीय जनमासमा जानकारी गराउदा छौ ।’
यसरि किर्ते हस्ताक्षरगरि आम जनमानसलाई आतंकित पार्ने पार्टीलाई बद्नाम गर्ने संकीर्ण सोंच भएका व्यक्तिहरुलाई तत्काल पत्ता लगाई जनसत्ताको बिधि अनुसार कारबाही गर्ने समेत संगठनले जनाएको छ । महासचिव विप्लवको किर्ते हस्ताक्षर गरी खबरदारी पर्चाहरु बिद्यनलय वरपर छर्नुका साथै बिद्यालय आसपासका अभिभावकहरुलाई बिद्यालयमा बम हान्ने भनेर आतंकित पारेको पनि विज्ञप्तिमा जनाईएको छ ।

यस्ताे छअखिल(क्रान्तिकारी)काे विज्ञप्ति ।

सोम, जेष्ठ २७, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार