धरानकाे डेंगो नियन्त्रणमा प्रदेश सरकारको चासो, सभामुख र मन्त्रीको टोलीद्धारा अनुगमन तथा छलफल


गणेश तिम्सिना/धरान, २४ जेठ ।
धरानमा डेंगोको महामारी फैलिएपछि प्रदेश सरकारले यसको नियन्त्रणका लागि चासो देखाएको छ । शुक्रवार प्रदेश नं. १ का सभामुख प्रदीपकुमार भण्डारी र सामाजिक विकास मन्त्री जीवन घिमिरको टोलीले डंगो प्रभावित बिरामि र परिवारसँग भेट गर्नुका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी, चिकित्सकहरुसंग छलफल गरेको छ ।
सो क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजकुमार रौनियारले डेंगो रोगिको चाप, अवस्था र उपचारका बारेमा टोलीलाई जानकारी गराउँदै ड्रेगु संक्रमण बढेकै कारण बीपीमा बिरामिको अत्याधिक चाप बढेकोले रोगीको उपचारका लागि छुट्टै कक्ष र भेन्टिलेटरको आवश्यकता रहेको बताए ।
उता सामाजिक विकास मन्त्री घिमिरेले डेंगो संक्रमण बढ्दै गएकाले यसको तत्काल नियन्त्रण आवश्यक रहेको बताउदै उपचारमा आउने बिरामिलाई छुट्टै उपचार कक्षमा राखेर उपचार गराउन प्रतिष्ठानलाई आग्रह गरे । त्यसका लागि थप उपकरण आवश्यक भए प्रदेश सरकारले उपलब्ध गराउने समेत प्रतिबद्धता जनाएका छन् ।
त्यस्तै प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक भोगेन्द्र डोटेलले धरानमा अहिले खानेपानीका कारण डेंगो रोग फैलीएको भन्दै फगी मेसिनबाट औषधि छर्नमात्र डेंगो नियन्त्रणको उपाय नभएको बताए । उनले धरानमा खानेपानीको अभावसंगै घर घरमा पानी जोहो गर्नकै लागि भाडामा पानी थापेर राख्ने गरेका कारण पनि डेंगो संक्रमण फलिउनुको मुख्य जड भएकोले यसलाई निरुत्साहित गर्न आवश्यक रहेकोमा जोड दिए ।

छलफल कार्यक्रममा धरान उपमहानगरका कार्यवाहक मेयर मन्जु भण्डारी, बीपि प्रतिस्ठानमा कार्यरत डाक्टर विपि शाहा, प्रदेश १ को सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा निर्देशक भोगेन्द्र डोटेल, सामाजिक विकास मन्त्रालयका नीजि सचिव हिक्मत वस्नेत लगायतको पनि सहभागिता थियो ।
वैसाख ३० गते धरान वडा नम्बर १५ का दुई जनामा देखिएको डेंगो आजसम्म आउदा १ सय ९३ जनामा देखिएको छ । अहिलेसम्म १७४ बढी बिरामि हस्पिटलमा उपचार गराईरहेका छन् । हिजो मात्र २६ जना डेंगो बिरामि अस्पताल भर्ना भएका थिए ।
उता डेंगो नियन्त्रणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र धरान उपमहा नगरपालिकाको संयुक्त छलफलपश्चात बनेको र्या्पिट रेस्पोन्स टिमले डेंगो रोगीका उपाचारदेखि, नियन्त्रण, विभिन्न निकायसंग सहकार्य गरेर डेंगो संक्रमण लामखुट्टेका अण्डा लार्भा नष्ट गर्ने कामलाई निरन्तता दिदैँ आएको छ ।

यस अघि स्वास्थ्य विभागका महानिर्देशक गुणराज लोहनीको टोलीले समेत धरानमा फैलिएको डेंगो संक्रमण स्थानहरुको स्थलगत अनुगमन गरेका थिए।
अहिले धरानको २० वटै वडामा डेंगो संक्रमण देखिएपनि १५ र ८ नम्बर वडामा सबैभन्दा बढी डेंगु संक्रमण पाइएको छ ।
१५ र ८ नम्बर वडालाई धरान उपमहानगरपालिकाले डेंगुग्रस्त वडा घोषणा नै गरेको छ । उता मोरङको केरावारी, बेलवारी नगरपालीकाको लक्ष्मी मार्ग, सुनसरीको रामधुनी लगायतका क्षेत्रमा पनि यो रोग देखा परेको जनाईएको छ ।

डेगो नियन्त्रणका लागि धरान उपमहानगरपालिकाको ४ वटा, विराननगर महानगरपालिकाको एक र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको एक गरी ६ वटा फगी फेसिनले धरानका सबै वडामा औषधी छर्कने काम समेत गरिरहेको छ ।

शुक्र, जेष्ठ २४, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य स्वास्थ्य समाचार