कन्याम चिया बगानका अस्थायी मजदुरले अझै पाएनन् श्रम ऐन अनुसार ज्याला


ईलाम, १८ जेठ ।

सुर्योदय नगरपालिका–६ की लक्ष्मी तामाङ बिगत १० बर्षदेखी कन्याम चिया बगानमा हरियोपत्ती टिप्दै आएकी छिन । तर अझै पनि उनले सरकारले तोकेको श्रम ऐन अनुसार ३ सय ८५ रुपैया पाउन सकेकी छैनन् ।

४५ दिनकोे आन्दोलनपछि सरकारी चिया बगानका मजदुरहरुलाई श्रम ऐन अनुसार ३ सय ८५ रुपैया पाउने निश्चित भयो । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट आफैले मजदुरहरु बिचमा माग सम्वोधन भएको सन्देश दिएका थिए । तर एक साता नवित्दै असुन्तुष्टीका स्वरहरु पुन: उठन थाले ।

सरकारी चिया बगानमा कार्यरत स्थायी मजदुरहरुले मात्र सरकारले तोकेको सेवा सुविधा पाउने भए । लक्ष्मी लगायत कन्यामका अस्थायी मजदुरहरुलाई प्रति केजी ७ रुपैयाको दरले पत्ती टिप्न संचालकबाट निर्देशन आयो । अहिले उनी लगायतका मजदुरहरु काम छाडेर घरमा बसिरहेका छन । ‘सवैले मिलेर आन्दोलन ग¥यौ सवैलाई श्रम ऐन अनुसार दिने सहमती पनि भयो तर स्थायी मजदुरहरुले पाउने भए हामीले पाएनौ’ उनले भनिन् ‘ चैत्र÷बैशाखको चर्को घाममा विर्तामोड गएर आन्दोलन ग¥यौ एक पक्षको माग सम्वोधन भयो हामीलाई केही न केही’ आन्दोलनमा संगै हिडेका स्थायी मजदुरहरुले अहिले अस्थायीको पक्षमा पहल नगरेको उनको गुनासो छ ।

आन्दोलन अघि सरकारी चिया बगानले स्थायी र अस्थायी मजदुरहरुलाई समान २६५ रुपैया दैनिक ज्याला दिँदा आएको थियो । तर आन्दोलनपछि भने विभेद भएको अस्थायी मजदुरहरुको गुनासो छ । श्रम ऐन २०७४ को दफा १९ को उपदफा (२) मा आंशिक समय काम गर्ने श्रमिकको पारिश्रमिक सामान्यतया कार्य समय (घण्टा) को आधारमा वा दुवै पक्षबीच भएको रोजगार सम्झौताको आधारमा निर्धारण गर्नु उल्लेख छ । सो ऐनको उपदफा (३) मा उपदफा (२) बमोजिम आंशिक समय काम गर्ने श्रमिकको पारिश्रमिक निर्धारण गर्दा समान प्रकृतिको काममा समान तहमा पूरा समय काम गर्ने श्रमिकको कम्तीमा मासिक पारिश्रमिकलाई आधार लिई निर्धारण गर्नु पर्ने उल्लेख गरेको छ ।

२०७५ चैत्र १७ गते देखि चिया मजदुरले आन्दोलन थालेपछि चिया बगान र कारखाना ठप्प थिए । २०७४ मा बनाईएको श्रम ऐन कार्यान्वयन गर्नु पर्ने, सरकारले राजपत्रमा प्रकाशन गरे अनुसार बगानमा कार्यरत मजदुरले ३ सय ८५ रुपैयाँ र कारखानामा कार्यरत मजदुरले ४ सय २७ रुपैयाँ दैनिक ज्यालादारी पाउनु पर्ने, सामाजिक सुरक्षा योजना तत्काल लागु गर्नु पर्ने माग राखेर निगम अन्तरगतका ७ हजार बढी मजदुरले काम छोडेर आन्दोलन गर्दै आएका थिए ।
माग पुरा हुने भएपछि जेठ ४ गतेबाट मजदुरहरु नियमित काममा फर्किएका थिए ।

स्थायीको माग सम्वोधन भएपनि अस्थायीको माग सम्वोधन नभएपछि उनीहरु एक साताबाट काममा आएका छैनन् । इलामको कन्याम र झापाको मितल टि स्टेटका अस्थायी मजदुरहरुको आन्दोलनमा छन ।

मितल टि स्टेटका मजदुरहरुले झापाका प्रमुख जिल्ला अधिकारी समक्ष श्रम ऐन नपाएको गुनासोपछि शनिवारसम्म हल निकाल्ने मौखिक सहमती गरिएको अखिल नेपाल ट्रेड युनियन प्रदेश नं १ का इन्र्चाज भुपाल सापकोटाले बताए । ‘स्थायी मजदुरहरुको समस्या हल भयो कन्याम लगायत एकाध ठाँउमा अस्थायी मजदुरहरुको समस्या छ ।’ उनले भने । कन्याम बगानमा केही अस्थायी मजदुरहरु काममा फर्किए पनि ६०÷६५ को संख्यामा मजदुरहरु काममा नफर्किएको मजदुर नेता विष्णु भट्टराईले बताए । ‘आन्दोलनअघि स्थायी र अस्थायीलाई समान ज्याला दिइएको थियो सुविधा पनि समान थियो ऐन कार्यान्वयनपछि विभेद छ ।’ उनले भने ‘ केही मजदुरहरु काममा फर्किए केही अझै आन्दोलनमा छन ।’

ज्यालमा विभेद भएपछि अस्थायी मजदुरहरुले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र सुर्योदय नगरपालिकालाई ध्यानाकर्षण गराएका छन ।

शनि, जेष्ठ १८, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया