एम्बुलेन्स आयात तथा खरिदमा भन्सार छुट !


१५ जेठ, काठमाडौं । सरकारले  एम्बुलेन्स आयात तथा खरिदमा भन्सार छुट दिने भएको छ । हरेक स्थानीय तहमा एउटा एम्बुलेन्स सुविधा पुर्‍याउन एम्बुलेन्स आयात तथा खरिदमा भन्सार छुट दिने भएको हो ।

अब स्थानीय तहका गाउँपालिका, नगरपालिका र महानगरपालिकाले एम्बुलेन्स खरिद गर्दा भन्सारमा लाग्ने कर छुट दिने भएको छ । अब स्थानीय तहले एम्बुलेन्स खरिद गर्दा १ प्रतिशत मात्रै भन्सार शुल्क लाग्नेछ ।

अहिले धेरैजसो भारतबाट आयात गरिने एम्बुलेन्स भन्सार शुल्कका कारण महंगो पर्ने गरेका छन् । कम्तीमा बिरामीले ज्यान गुमाउनु नपरोस् भन्नका लागि सरकारले एम्बुलेन्स खरिदलाई सहुलियत दिन भन्सार छुट दिने अर्थमन्त्री डाक्टर युवराज खतिवडाले जानकारी दिनुभयो ।

बुध, जेष्ठ १५, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य स्वास्थ्य समाचार

Like us On Facebook

Follow Us On Twitter