कृष्ण सेन स्मृतिदिवस, निरंकुशता विरुध्द बोलेरै मृत्यु स्वीकार्ने सेनको संक्षिप्त जीवनी

पाँच पत्रकार संगठनले भृकुटिमण्डपमा कार्यक्रम गर्दै


काठमाडौं, १३ जेठ । आज जेठ १३ गते , १७ औं कृष्ण सेन इच्छुक स्मृतिदिवस । आज देशैभरी विभिन्नकार्यक्रम गरी पत्रकार तथा साहित्यकार शहिद कृष्ण सेन इच्छुकको १७ औं स्मृतिदिवस मनाइदैँछ ।
कृष्ण सेन इच्छुकको महेन्द्र पुलिस क्लबकातत्कालिन डिआइजी अमरसिंह शाह, तत्कालिननगर प्रहरी प्रमुखबिक्रम सिंह थापालगायतको टोलीले २०५९ जेठ ६ गते गिरफ्तार गरी हिरासतमै चरम यातनादिएर हत्या गरेका थिए । सेन हत्याको १७ बर्ष पुगिसक्दापनि घटनाको सत्यतथ्यछानबिन हुन सकिरहेको छैन । हत्यारालाई कार्वाहीहुन सकेको छैन ।
निष्ठा र आदर्शको लागि राजनीतितथापत्रकारिता गरेका सेन आज राष्ट्रिय अन्तराष्ट्रिय स्तरमै जनवादीआस्थाका केन्द्र बन्नपुगेका छन् । पटक–पटक प्रतिक्रियावादीका जेल र हिरासतमा बसेका सेन आफ्नो आदर्श जस्तै सादाजीवनजिउने गर्थे ।
वि.सं. २०१३ माभारतको देहरादुनमा जन्मिएका कृष्ण सेन इच्छुक तत्कालिन जनदिशा दैनिकका प्रधान सम्पादक थिए । सेनको पुर्खयौली घर अर्घाखाँची जिल्लाको जलुकेमा पर्दछ । उनले प्रारम्भिक शिक्षा दिक्षा दाङको लालमटियामा लिएका थिए । सामान्य लाहुरे परिवारमा जन्मिएका इच्छुकले आफ्नो काव्य यात्राको थालनी दाङबाट प्रकाशितहुने ‘युगबोध’ समाचारपत्रबाट गरेका थिए । उनको व्यक्तित्व बहुआयामिक थियो । उनी पत्रकार र साहित्यकार मात्र नभएर शिक्षक, र सचेत राजनीतिकर्मी पनि थए । उनी एउटा जनपत्रकार र जुझारु क्रान्तिकारी योद्धाको रुपमा चिनिन्छन् ।
मूलतः सेन नेपाली प्रगतिवादी काव्य फाँटमा आफ्नो स्थान निर्माण गर्न सफल रहे । परिणामतः उनको काव्यव्यक्तित्व खुम्चिएन, त्यो अझ फराकिलो र उर्वर हुँदै गयो । आफ्नो अढाई दशकलामो काव्ययात्रामा इच्छुकले नेपाली प्रगतिवादी काव्य फाँटलाई समृद्ध गर्न उल्लेखनीय योगदान गरेका छन् ।
यसैबीच, पाँच पत्रकार संगठन र जनसास्कृतिक महासंघले काठमाडौंको भृकुटिमण्डपमा कार्यक्रम गरी सेनको स्मृति दिवश मनाउदैछन् । जनपत्रकार संगठन नेपाल, क्रान्तिकारी पत्रकार महासंघ, प्रगतिशिल पत्रकार संघ, नेपाल प्रेस सोसाईटि र जनसास्कृतिक महासंघले संयुक्त रुपमा कार्यक्रम गर्न लागेका हुन् ।

को हुन सेन ?

कृष्ण सेन इच्छुक जनदिशा दैनिकका प्रधान सम्पादक थिए । इच्छुक नेपालको प्रगतिवादी साहित्यिक र सांस्कृतिक आन्दोलनमा समर्पित व्यक्तित्व थिए । शब्द र कर्मबीचको एकत्व उनको जीवनको एक महत्वपूर्ण र अनुकरणीय पक्ष थियो । उनले आफूले आत्मसात गरेको आदर्शका निम्ति आफ्नो जीवनको बलिदान दिए ।

वि.सं. २०१३ मा भारतको देहरादुनमा जन्मिएका सेनको पुर्खयौली घर अर्घाखाँची जिल्लाको जलुकेमा पर्दछ । जलुके दाङ जिल्लाको पुरानो शहर भालुवाङको नजिकै रहेको छ । उनले प्रारम्भिक शिक्षा दिक्षा दाङको लालमटियामा लिएका थिए । उनका बुबा भारतीय सेनामा जागिरे थिए । उनको ६ वर्षसम्मको बाल्यकाल भारतका विभिन्न ठाउँमा बितेको थियो ।

सानैदेखि भावुक, गम्भीर, संवेदनशील र कल्पनाशील इच्छुकले वाल्य परिवेशमै समाजमा ठूलाठालु, शोषक, फटाहा, धनीमानीका धाकधम्की र रवाफ साथै उनीहरूले गरिबमाथि गर्ने अन्याय, अत्याचार र शोषणलाई नजिकैबाट हेर्ने मौका पाए । जसले गर्दा उनको बाल मस्तिष्कमा विद्रोह र न्यायको पक्षमा आवाज उठाउने चेतनाको जरा गाडिन पुग्यो ।

सामान्य लाहुरे परिवारमा जन्मिएका इच्छुकले आफ्नो काव्य यात्राको थालनी दाङबाट प्रकाशित हुने ‘युगबोध’ समाचारपत्रबाट गरेका थिए । उनको व्यक्तित्व बहुआयामिक थियो । उनी पत्रकार र साहित्यकार मात्र होइन शिक्षक, र सचेत राजनीतिकर्मी पनि थिए । उनी एउटा जनपत्रकार र जुझारु क्रान्तिकारी योद्धा थिए । मूलतः उनी नेपाली प्रगतिवादी काव्य फाँटमा आफ्नो स्थान निर्माण गर्न सफल रहे । उनी आफ्नो व्यक्तित्वको यस प्रमुख पक्षप्रति सधैँ सचेत पनि आफ्नो व्यक्तित्वको विविधता प्रति सधैँ सचेत रहे । परिणामतः उनको काव्य व्यक्तित्व खुम्चिएन, त्यो अझ फराकिलो र उर्वर हुँदै गयो । आफ्नो अढाई दशक लामो काव्य यात्रामा इच्छुकले नेपाली प्रगतिवादी काव्य फाँटलाई समृद्ध गर्न उल्लेखनीय योगदान गरेका छन् ।

कृष्णसेनको विवाह २०४८ सालमा तक्मा केसीसँग भएको थियो र उनीहरुको कोखबाट छोरी समीक्षाको जन्म भएको थियो । सेनको स्मृतिमा इच्छुक सांस्कृतिक प्रतिष्ठानको स्थापना भएको छ। प्रतिष्ठानले इच्छुक स्मृति पुरस्कार तथा इच्छुक प्रतिभा पुरस्कार स्थापना गरेको छ। जनवादी साहित्य र कलाका क्षेत्रमा विशिष्ट योगदान पुर्या्उने व्यक्तित्वलाई प्रदान गरिने भनिएको यी पुरस्कार हरूको पुरस्कार राशि क्रमश एक लाख रूपैयाँ र २५ हजार रूपैयाँ रहेको छ।

शहिद कृष्ण सेन इच्छुकको संक्षिप्त परिचय :
नाम : कृष्ण सेन ‘इच्छुक’
जन्म : वि.सं. २०१३ कातिक ३
जन्मस्थान : भारतको देहरादुन
आमा : भीमकुमारी सेन
बुबा : यमबहादुर सेन
पत्नी : तक्मा केसी
छोरी : समीक्षा केसी
शिक्षा : बी.एड, एम.ए
आबद्धता :
अध्यक्ष, अखिल नेपाल जनसांस्कृतिक संघ
संयोजक, अ.ने.रा.स्व.वि.यु. केन्द्रीय समिति
क्षेत्रीय ब्यूरो सदस्य, नेकपा (माओवादी)
केन्द्रीय पार्षद्, प्रगतिशील लेखक संघ, नेपाल
केन्द्रीय पार्षद्, नेपाल पत्रकार महासंघ
सदस्य, दक्षिण एसियाली क्षेत्रीय पत्रकार संघ
प्रकाशित कृतिहरु :
शोकाञ्जली (२०४८)
इतिहासको यस घडिमा (२०५५)
बन्दी र चन्द्रागिरी (२०५७)
सम्पादन:
कलम साहित्यिक त्रैमासिक,
जनादेश साप्ताहिक,
जनदिशा दैनिक, योजना आदि
पुरस्कार :
साहित्य सन्ध्या (२०५७)
पारिजात सिर्जनशील साहित्य पुरस्कार (२०५९)
कृष्णमणि साहित्य पुरस्कार (२०५९)
प्रगतिशील साहित्य पुरस्कार (२०६१) मरणोपरान्त
प्रेस सेनानी पुरस्कार (२०६५) मरणोपरान्त
जेल जीवन :
दाङ कारागार (६ वर्ष)
बन्दीगृह (१ वर्ष)
सिराहा र राजविराज (२ वर्ष)
शहादत : वि.सं. २०५९ जेठ १३
(महेन्द्र पुलिस क्लबको हिरासतमा)
शहादतपछि प्रकाशित कृतिहरु :
कृष्ण सेन ‘इच्छुक’ स्मृति ग्रन्थ
इच्छुक रचनावली भाग १,२,३
कवि इच्छुक कविताका सन्दर्भमा
आस्था र निष्ठाका शतिसाल इच्छुक ।

सोम, जेष्ठ १३, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार