चौँरीपालन व्यवसाय संकटमा !


पशुपतिनगर । हिमाली क्षेत्रको अर्थतन्त्रको रुपमा रहेको चौँरी पालन व्यवसाय पूर्वी नेपालमा संकटमा परेको छ । चरन क्षेत्र अभाव, रोगि चौँरीले उपचार नपाउनु, दुग्धजन्य सामाग्रीको बजार नहुनु र वन्यजन्तुको आक्रमणबाट चौँरी मारिनु व्यवसायका मुख्य समस्या हुन् ।
चरनका लागि जंगल गएका चौरी वन्यजन्तुको आहार भएपछि १५ वर्षदेखि चौरी गोठमा रमेका ताप्लेजुङ्गका पुष्प बानिया अहिले पेशा परिवर्तनको योजनामा छन् । हिउँ र झरिको वास्ता नगरि परिवारले परम्परादेखिनै पुर्खाले गर्दै आएको पेशा चौँरी गोठ सम्हालेपनि बानियाका वर्षदिनमा ४ वटा चौँरी वन्यजन्तुको आहार बन्यो । बजार भाउ अनुसार १ लाख ८० हजार पर्ने चौरी भालु, हिउँचितुवा र ब्वाँसोको आहार बनेपछि लेकको दुःख हिउँमा बिलेको छ । बानियाले भन्नुभयो–‘ हिमालि क्षेत्रमा पर्ने ४ हजार मिटर मुनिको क्षेत्रमा भालु, ब्वासो र माथिल्लो क्षेत्रमा हिउँ चुतुवाले चौँरीको माउमाथि नै आक्रमण गरि बिजय गर्दै आएको छ । वर्षभरि दुःख गरेर चौरी हुर्काएपनि वन्यजन्तुको शिकार बन्दा आर्थिक रुपमा धेरै क्षति हुने बानियाको भनाइ छ । पछिल्लो एक वर्षमा मात्रै पूर्वी नेपालका गोठबाट ८० वटा चौँरी वन्यजन्तुको शिकार भएका छन् ।
पछिल्लो समय राष्ट्रिय वन धमाधम समुदायलाई हस्तान्तरण गरिएपछि वनक्षेत्रसँगै वन्यजन्तुको चोरि शिकारीमा पनि नियन्त्रण अएकाले वन्उजन्तुले चौँरीमा माथि शिकार बढेको हो । राष्ट्रिय वनलाई सामुदायमा हस्तान्तरण गरि संरक्षण क्षेत्र गरिँदा चरन क्षेत्र समेत घटेको छ ।
इलाम र पाँचथरको सीमा क्षेत्रमा चौँरी पालन गरि परिवार पाल्दै आउनुभएका इन्द्र बहादूर राईलाई गोठका चौरीलाई घाँस जोह गर्नै अहिले समस्या छ । चरन क्षेत्र घट्दै जानु र जंगलमा बिषालु जातका बिरुवा उम्रदा २० वर्षदेखि चौरी पालनमा लागेका राईको गोठमा चौँरी घट्दै छन् । जंगलमा चरन क्षेत्र घट्दै गएको र बिषालु जातका रुख बिरुवा हुर्कदा चौँरी रोगि हुँदै गएको राईको भनाइ छ । चीनको तिब्बत र भारतसँग सीमा जोडिएका क्षेत्रका नेपाली जंगलमा गोठ राखेर चौँरीको दूधबाट बनाइने घिउ र छुर्पि बिक्रि गरि जम्मा हुने पैशा किसानको मुख्य आम्दानीको श्रोत हो ।
हिमालि क्षेत्रको अर्थतन्त्र धानेको चौरी पालन व्यवसायमा सरकारको ध्यान नपुग्दा पूर्वी नेपालमा घट्दो अवस्थामा रहेको छ । राज्यको सुविधा नपुगेको चौरी व्यवसायीमा अहिले वन्यजन्तुबाट हेपिनुका साथै उत्पादित घिउ र छुर्पीको मुल्य छैन । छिमेकी भारत र चिनमा चौरीको संरक्षणका लागि सरकारी निकायबाट व्यवस्थित पालनका लागि अनुदान र उपचारमा सहयोग भएपनि नेपालमा भने पशु स्वास्थ्य कार्याकर्ता समेत गोठ भएका क्षेत्रमा पुग्दैनन् ।
कंचनजंगा भु—परिध क्षेत्रमा पर्ने इलाम, पाँचथर र ताप्लेजुङ्गमा चौरी पालन व्यवसाय रहेको छ । त्यसमध्ये इलाममा धेरै गोठहरु मासिइसकेका छन् । १० वर्ष अघिसम्म इलामको सन्दकपुर र माईजोगमाई गाउँपालिकाको हिमाली क्षेत्रमा चौरी पालन गोठ धेरै संख्यामा भएपनि अहिले २ वटा मात्रै रहेको सदकपुर गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत महेश राईले बताउनुभयो ।
हिमाली क्षेत्रका वनहरुमा लोपउन्मुख वन्यजन्तु रेडपाण्डा, थार र तीन सय बढी प्रजातीका चराहरुको बासस्थान रहेकाले समुदायलाई वनक्षेत्र हस्तान्तरण बढ्दै गएपछि चरन क्षेत्र अभाव हुँदै गएको राईले जानकारी दिनुभयो । वहाँले भन्नुभयो– किसानलाई रोगि चौँरीको उपचार गर्ने प्राविधिक उपलब्ध नहुनु, दुग्धजन्य सामाग्रीको बजार अभाव र संरक्षणका कामले वन्यजन्तुको संख्या बढेकाले चौरीमाथि आक्रमण समेत बढेको छ । पछिल्लो वर्ष दिनमा मात्रै वन्यजन्तुको आक्रमणबाट पूर्वी नेपालको ३ जिल्लामा ८० वटा चौरी मारिएका छन् ।
सरक्षणकर्मीको सक्रियता
हिमालि क्षेत्रको अर्थतन्त्रको श्रोत र पर्यटकको आकर्षणको केन्द्र रहको चौँरीका बथान संरक्षणका लागि अहिले संरक्षणकर्मी सक्रिय भएका छन् । कंचनजंगा भु—परिधि क्षेत्रमा पर्ने इलाम, पाँचथर र ताप्लेजुङ्गका चौँरी गोठहरु संरक्षणका लागि नेपाल, भारत, भुटान र चिनको तिब्बतका गैरसरकारी संस्था एक भएका छन् । इसिमोड संस्थाको पहलमा कंचनजंगा भु—परिध कार्यक्रम मार्फत पहिलो पटक याक पालक संघ गठन भएको छ ।
कंचनजंगा भु—परिध कार्यक्रमको पाँचथर स्थित फालेलुङ्गमा भएको कंचनजंङ्गा भु–परिधि क्षेत्रको पर्यावरण विकास र दिगो कार्यक्रमका लागि चार देशको समान धारण निर्माण गर्नका संघ गठन गरिएको पर्यावरण क्षेत्रमा काम गर्ने सुनिल बान्तवाले बताउनुभयो । अन्तराष्ट्रिय पर्वतिय संस्था इसिमोडको पहलमा चिन, भारत, भुटान र नेपालका संरक्षणकर्मी सहभागि बैठकले रहेका चौँरी व्यवसायको प्रवद्र्धन गर्दै पर्यापर्याटनको प्रवद्र्धन गर्नका लागि त्रिदेशिय चौरी संजाल निर्माण, त्रिदेशिय चरन क्षेत्रको प्रभाव, असरको अनुसंन्धान गर्ने,चौरी अधारित पर्या–पर्यटन गोठस्टेको विकास गर्ने, नश्ल सुधारका लागि त्रिदेशिय समन्वय गर्ने निर्णय गरेको छ । चौँरी व्यवसायको प्रवद्र्धन र पर्यावरण संरक्षणका लागि नेपाल, भारत, भुटान र भारतकै सिक्किमक चौँरी व्यवसायी सहभागि भएको त्रि–देशिय चौरी सञ्जाल गठन गरिएको संरक्षकर्मी दावा लामाले बताउनुभयो ।
पछिल्लो समय चौँरीको नश्ल सुधार नभएका कारण जातको विकासमै समस्या नभएको डिभिजन वन अधिकृत श्रीप्रसाद बरालले बताउनुभयो ।
चौँरीबाट पर्या–पर्यटन विकास
हिमाली क्षेत्रमा चौँरीको गोठ रहने हुँदा स्थानीय जनप्रतिनिधि र संरक्षणकर्मी पर्यटन प्रवद्र्धनको काम थालनी गरेका छन् । चौँरीका गोठमा बसेर हिमाली क्षेत्रको प्राकृतिक सुन्दरता, जडिबुटीको अध्ययन र दर्जनौँ हिमश्रङ्खलाको अवलोकन गर्न सकिने भएकाले पर्यटनको प्रवद्धन हुने मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिका निर्देशक केशव द्यौरालीले बताउनुभयो ।
भारतको दार्जिलिङ्ग भएर इलामको सन्दकपुरदेखि पाँचथरको फालुटसम्म तीन देशका पर्यटक पुग्ने गरेपनि ती पर्यटकहरुलाई कंचनजंङ्घा बेसक्याम्पसम्म पु¥याउन सकिने पर्यटकर्मीको भनाइ छ । भारतीय क्षेत्रबाट पर्याप्त लगानी भई पर्यटन प्रवद्र्धनका काम भएपनि नेपालतिरबाट पूर्वाधारको काम भएका छैनन् । माईजोगमाई गाउँपालिकाका अध्यक्ष जितबहादूर राईले भन्नुभयो–‘हिमाली क्षेत्रमा पर्यटकको भारी बोक्दै पर्यटन प्रवद्र्धनमा सहयोग गर्ने चौँरीको संरक्षण गर्दै पर्यटन पूर्वाधार निर्माण गर्न जरुरी छ ।’


भारत, तिब्बत र भुटानमा पर्यटकलाई आकर्षित गर्न चौँरी राइडिङको समेत व्यवस्था रहेकाले नेपालमा पनि संभावना रहेको राईको भनाइ छ । पर्यटनकै प्रवद्र्धनका लागि पाँचथरको फालेलुङ्ग गाउँपालिकाले नयाँ वर्षको शुरुवातसँगै चौँरी महोत्सव आयोजना गरेको थियो । नेपाल, भारत, भुटान र तेस्रो मुलुकका सहित ५० हजार बढी पर्यटकको मुख्य आकर्षण चौँरीको समुहतिर रहेको थियो । त्यससँगै चौँरीबाट उत्पादन भएको छुर्पि, घिउ, दूध र चौँरीको चमर बिक्रि भएको थियो ।
नेपालका हिमाली क्षेत्रमा दशकौँ वर्ष अघिदेखि चौँरीको गोठ राखेर व्यवसाय गरिँदै आएको छ । याक र नाकको मिश्रणबाट जन्मिएका बच्चाबच्चिलाई चौँरी भनिदैँ आएको छ । एउटा चौँरी खरिद गर्दा ४५ देखि ५० हजारसम्म पर्ने गरेको छ ।

-गंगा पराजुली

बुध, जेष्ठ ८, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य खोज खबर समाचार

Like us On Facebook

Follow Us On Twitter