सर्वसाधारणको सोचमा परिवर्तन आएमा घर घरमा शौचालय बन्छः राउत


धनुषा, ७ जेठ । प्रदेश-२ का मुख्यमन्त्री लालबाबु राउतले सर्वसाधारणको सोचमा परिवर्तन आएमा घर घरमा शौचालय बन्ने र यसले खुला दिसामुक्त अभियानलाई सफल बनाउन सहयोग पुग्ने छ बताएका छन् ।

जनकपुरधाममा मंगलबार आयोजित खुला दिसामुक्त अभियानसम्बन्धी कार्यशालामा मुख्यमन्त्री राउतले सोचमा परिवर्तन भए घर घरमा शौचालय बन्ने बताएका हुन्। मुख्यमन्त्री राउतले धनुषा र महोत्तरी जिल्लामा सञ्चालित खुला दिसामुक्त अभियानमा सहयोग गर्नका लागि प्रदेश सरकार तयार रहेको पनि बताए ।

उनले प्रदेश सरकारले सञ्चालन गरेको स्वच्छता अभियानअन्तर्गत जिल्लाको सार्वजनिक स्थलहरुमा शौचालय निर्माण गर्न लागेको पनि जानकारी दिएका थिए ।

मङ्ल, जेष्ठ ७, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार