पाँचथरको मिक्लाजुङ हत्याकाण्ड : परिवारका नौ जनाको हत्या लगत्तै मानबहादुरले आत्महत्या गरेका हुन् ? 


पाँचथर, ७ जेठ । 

पाँचथरको मिक्लाजुङ गाउँपालिका ३ मा आइतबार राति एउटै परिवारका नौ जनाको हत्या भए लगत्तै मानबहादुर माखिम लिम्बुले आत्महत्या गरेपछि प्रहरीले परिवारको हत्यामा उनकै संलग्नता रहेको आशंका गरेको छ।

श्रीमती मनकुमारी फियाकसहित ९ जनाको हत्या लगत्तै मानबहादुरको शव झुन्डिएको अवस्थामा भेटिएको छ । परिवारमा बेमेल भएपछि श्रीमती मनकुमारी फियाक मानबहादुरलाई छाडेर माइती घरमा  बस्दै आएकीले मानबहादुर मिक्लाजुङ ७ को घरमा एक्लै बस्दै आएका थिए।

श्रीमतीले छाडेपछि मानसिक रुपमा विक्षिप्त बनेका उनैले श्रीमतीसहित नौ जनाको हत्यालगत्तै आत्महत्या गरेपछि अनुसन्धान उनीतर्फ मोडिएको प्रहरी अधिकारीको भनाइ छ।

सबै जनाकाे हत्या भएपनि बाच्न सफल बालिकाकाे भनाइ र उनकाे आत्महत्याले हत्यामा उनको संलग्नता रहेको अनुमान गर्न सकिने भएपनि अहिले नै यसै भन्न सक्ने अवस्था नरहेकेा अनुसन्धानमा संलग्न अधिकारीले बताएका छन् ।

घटनाबाट बच्न सफल सीता खजुमले एकजना मखुण्डो लगाएको व्यक्तिले सबैको हत्या गरेको बताएकी छन्। सुरुमा आत्महत्या गर्ने मानबहादुरका ससुरा, सासु, श्रीमतीसहित चार जनाको हत्या भएको देखिन्छ। प्रहरीका अनुसार सुरुमा चार जनाको हत्यापछि आत्महत्या गर्ने मानबहादुरकै साढुदाइ धनराज शेर्माको परिवारका पाँच सदस्यकाे हत्या भएको छ। त्यहाँ मानबहादुरका साढुदाइ धनराज र उनकी श्रीमती जस्मिता, छोरीहरु १२ वर्षीया युहाना शेर्मा, १० वर्षीया मुना शेर्मा, ८ वर्षीया इच्छा शेर्माको हत्या भएको छ। धनराज पाँच महिना अगाडि मेलेसियाबाट घर फर्किएका थिए।

नौ जनाको हत्या लगत्तै मानबहादुरले झुन्डिएर आत्महत्या गरेपछि प्रहरी अनुसन्धान उनीतर्फ केन्द्रित भएको हो। यद्यपि एउटै व्यक्तिले ९ जनाको हत्या कसरी गरे भन्ने विषयमा गहन अनुसन्धानपछि मात्र बोल्न सक्ने एक प्रहरी अधिकारीको भनाइ छ।

घटनाको अनुसन्धानका लागि अहिले प्रदेश १ का प्रहरी प्रमुख डीआईजी केदार रिजाल र संघीय इकाई प्रहरी कार्यालय धरानका प्रमुख एसएसपी शरद खत्री घटनास्थलतर्फ गएका छन्।

हत्या भएका शेर्माको परिवार का धनराज शेर्मा , श्रीमती जस्मिता फियाक ,छोरी १२ वर्षीया युहाना शेर्मा ,छोरी १० वर्षीया मुना शेर्मा, छोरी ८ वर्षीया इच्छा शेर्मा हुन् भने फियाक परिवारका बमबहादुर फियाक, पुर्सिमाया फियाक,
छोरी ३५ वर्षीया मनकुमारी फियाक , बबमबहादुरकी नातिनी १० वर्षीया आसेकुमारी फियाक रहेका छन् । भने  सीता खजुम घाइते छिन् ।

मङ्ल, जेष्ठ ७, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार