पाँचथरको मिक्लाजुङमा ९ जनाको विभत्स हत्या


७ जेठ, पाँचथर ।
पाँचथरको मिक्लाजुङ गाउँपालिका ३, आरुबोटे भन्ने स्थानमा दुई परिवारका ९ जनाको विभत्स हत्या भएको हो । १ बालिका घाइते छिन् ।
२ परिवारका ९ जनाको हत्याको जानकारी पाएपछि प्रहरी घटनास्थल जान लागेको जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी निरीक्षक अनील पौडेलले बताएका छन् ।

विभत्स हत्या कसले, किन गर्यो ? भन्नेबारे नखुलेको र हत्या गरिएका परिवार र व्यक्तिको पहिचान हुन बाँकी रहेको छ । १ बालिका घाइते भएकी छन् । उनलाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

घटनाबारे प्रारम्भिक जानकारी आएको बताउदै उनले भने , ’ अहिले नजिकैको इलाका प्रहरी कार्यालयसँगै जिल्लाबाट टोली घटनास्थलतर्फ लागेको छ’, प्रहरी निरीक्षक पौडेलले भने ।

मङ्ल, जेष्ठ ७, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार