एसियन फर्मास्युटिकल्समा भिषण आगलागी


भैरहवा ।  रुपन्देहीमा रहेकाे औषधि उद्योगको नयाँ भवनमा आगलागी भएकाे छ । एसियन फर्मास्युटिकल्स प्रालिमा भिषण आगलागी भएको प्रहरीले जनाएकाे छ ।

आगलागीबाट उत्पादन गरेर बजार पठाउन लागिएका औषधि जलेर नष्ट भएको प्रहरीले जनाएको छ। आगलागीबाट ४० देखि ५० करोडजतिको क्षति भएको प्रारम्भिक अनुमान गरिएकाे कम्पनीका मार्केटिङ म्यानेजर दीपेश प्रधानले बताए ।

सोम, जेष्ठ ६, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया