ने.क.पा. कपिलवस्तुले दियो विकलाई रिहा गर्न चेतावनी


काठमाडौं, ६ जेठ ।

नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.) कपिलवस्तुका सेक्रेटरी सुनिलले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टी निकट दलित मुक्ति मोर्चाका जिल्ला सदस्य बीरबहादुर विकको रिहाईको माग गर्दै कडा आन्दोलनको चेतावनी दिएका छन् ।

घरमै बसिरहेको अवस्थामा बिनाकारण प्रहरीले गिरफ्तार गरी झुठा मुद्दामा फसाउन खोजेको भन्दै सेक्रेटरी सुनिलले गिरफ्तारीप्रति आपत्ति जनाएका छन् । साथै तत्काल बिनासर्त रिहा गर्न सरकारसँग माग गरेका छन् ।

‘हाम्रो महान् तथा गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टीले जनहित र राष्ट्रियतालाई मध्यनजर गर्दै देशमा बढ्दो भ्रष्टचार, दलालीकरण, मानव तस्कर, बलात्कार, राष्ट्रघाती र जनघातीलाई कार्वाही गर्दै आएकोले केपी सरकारको असली चरित्र पर्दाफास हुने खतरा बढिरहेको निश्चित छ’ विज्ञप्तिमा भनिएको छ ‘सामाजिक दलाल पुँजीवादी सरकारले हाम्रो नेता कार्यकर्तादेखि सर्वसाधारणसम्मलाई धरपकड र गिरफ्तार गर्दै आइरहेको कुरा आपत्तिजनक छ ।’

साथै गिरफ्तार विकलाई अविलम्ब रिहाई नगरे कडा प्रतिवाद गर्ने चेतावनी पनि दिइएको छ ।
हेर्नुस् विज्ञप्तिको पूर्णपाठः

सोम, जेष्ठ ६, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार