अनसनरत अस्थायी शिक्षकको अनसनमा भएकाे सरकारी दमनकाे भत्सर्ना


काठमाडौं, ६ जेठ ।
अखिल नेपाल शिक्षक संगठनले स्थायी शिक्षकहरुले जारी राखेको अनसनमा सरकारले गरेको बल प्रयोगप्रति आपत्ति जनाएको छ । सोमबार संगठनका महासचिव रमेश रुपाखेतीले एक प्रेस विज्ञप्ति जारी गर्दै अधिकारको जारी शान्तिपूर्ण अनसनप्रति सरकारले प्रहरी लगाएर चरम दमन र हस्तक्षेपको घोर भत्र्सना गरेका छन् ।
अधिकारको लागि शान्तिपूर्ण तरिकाले गरिरहेको आन्दोलनमाथि सरकारले दमन गरेर फासीवादी चरित्र प्रदर्शन गरेको भन्दै भत्सर्ना गरेका हुन् ।
अस्थायी शिक्षकहरुले विभिन्न माग राखी २०७६ बैशाख २० गतेदेखि शान्तिवाटिकामा अनसन बसिरहेको अवस्थामा शिक्षकहरुका जायज माग सम्बोधन गर्ने र समस्याको समाधान खोज्नुपर्नेमा उल्टो प्रहरी लगाई बल प्रयोग गरी अनसन स्थलबाट हटाउनु गैरकानूनी हर्कत भएको विज्ञिप्तमा जनाइएको छ ।

आफूलाई गणतन्त्रको दुइतिहाईको दुहाई दिने वामपन्थी भनाउँदा सरकारले पञ्चायतलाई नै माथ गर्ने तरिकाबाट अनसन स्थलमा हस्तक्षेप गरी शिक्षक गिरफ्तार गरेकोप्रति अखिल नेपाल शिक्षक संगठनको गम्भीर ध्यानाकर्षण भएको छ’ महासचिवद्वारा जारी विज्ञप्तिमा भनिएको छ । दमनपछि दर्जन शिक्षकलाई गिफ्तार गरिएको छ ।
साथै अब्बल गणतन्त्रको दुहाईदिने सरकारले नै संविधानको भाग ३ को धारा १७ र ३४ बाट प्रदत्त अधिकारको उल्लंघन गरेको उल्लेख गर्दै सरकारको उक्त गैरकानूनी कार्यप्रति आपत्ति जनाउँदै गिरफ्तार शिक्षकहरुको रिहाई तथा अनसन तथा शिक्षकहरुको जीवन रक्षाकोलागि अविलम्ब वार्ता गर्न समेत उनले माग गरेका छन् ।

देशैभर शिक्षकहरुमाथिको दमन रोक्न र गिरफ्तार गरिएका शिक्षकहरुलाई लगाइएको झुठा मुद्दा फिर्ता गर्न समेत विज्ञप्तिमार्फत सरकारलाई चेतावनी दिइएको छ । मागको सुनुवाई नभई कडा संघर्षका कार्यक्रम घोषणा गर्न विवश हुने स्पष्ट पारिएको छ । अखिल शिक्षक संगठन नेपाल ने.क.पा. निकट शिक्षकहरुको संगठन हो ।

हेर्नुस्, विज्ञिप्तको पूर्णपाठः

सोम, जेष्ठ ६, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार