संघिय संसदको दुवै सदनको बैठक बस्दै


काठमाडौं, जेठ ६ ।

संघिय संसदको दुवै सदको बैठक बस्दैछ । आज बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीका तर्फबाट महालेखा परीक्षकको ५६औं वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

बैठकमा प्रधानमन्त्री ओलीका तर्फबाट सरकारको आर्थिक वर्ष २०७४÷७५ को सुशासन प्रतिवेदन तथा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धिसहितको आर्थिक वर्ष २०७४÷०७५ को सरकारको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डले जानकारी दिए ।

बैठकमा अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले अर्थ समितिद्वारा तयार पारेको आर्थिक वर्ष २०७६र७७ को प्रिबजेट छलफल कार्यक्रमसम्बन्धी प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको प्रवक्ता पाण्डेले बताए ।

यस्तै राष्ट्रियसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले प्रमाण दोस्रो संशोधन विधेयक २०७५ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची छ ।

सोम, जेष्ठ ६, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter