काठमाडौंको टोखामा गोली चल्यो, काले भनिने विष्णु तामाङ पक्राउ


६ जेठ, काठमाडौं ।
प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका काले भनिने विष्णु तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले काठमाडौंको टोखाबाट गोली हानेर तामाङलाई पक्राउ गरेको हो । उनको दायाँ खुट्टाको घुडामा गोली लागेको महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख सहकुल थापाले जानकारी दिएका छन् ।
घाइते तामाङको बीर अस्पतालमा भइरहेको छ । तामाङको

थापाका अनुसार ६ वटा अपराधका घटनालाई लिएर उनको खोजी भइरहेको थियो । यसैक्रममा टोखामा रहेको सूचना पाएपछि प्रहरी टोली उनलाई पक्रन सोमबार बिहान ८ बजे गएको थियो ।

नियन्त्रणमा लिन गएको टोलीलाई उनले उल्टै हतियार देखाएर आक्रमणको प्रयास गरेपछि आत्मरक्षाको लागि प्रहरीले गोली चलाएर नियन्त्रणमा लिएको थापाले बताए ।

सिन्धुपाल्चोकको मेलम्चीका तामाङ ६ वर्ष कैद भुक्तान गरेर निस्किएका व्यक्ति हुन् । जेल सजायँ भुक्तान गरेर निस्किएपछि पनि उनी अपराधमै संलग्न रहेको प्रहरीको भनाइ छ ।

सोम, जेष्ठ ६, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter