गृहमन्त्री थापा र अमेरिकी विदेश मन्त्रालयका कार्यवहाक उपसहायकमन्त्री डेभिडबीच भेटवार्ता


१ जेठ, काठमाडौं । 

गृहमन्त्री रामबहादुर थापाले नेपाल राजनीतिक स्थिरतासँगै अब तीव्र आर्थिक विकासको चरणमा प्रवेश गरेको बताएका छन् ।

गृहमन्त्रालयमा बुधवार अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एशिया मामिलाका कार्यवहाक उपसहायक मन्त्री डेभिड जे रेन्जसँग भएकाे भेटमा मन्त्री थापाले नेपालको विकास, विपद् व्यवस्थापन तथा सुरक्षा निकायको तालिम र भौतिक संरचना निर्माणलगायतका क्षेत्रमा अमेरिकाले गरिरहेको सहयोगले निरन्तरता पाउने आशा व्यक्त गरेका छन् ।

उनले केही महिनाअघि नेपालका परराष्ट्रमन्त्रीको अमेरिका भ्रमण र सो क्रममा भएका सहमतिले नेपाल र अमेरिका सम्बन्धलाई थप उचाईमा पुर्‍याउनु भूमिका खेलेको चर्चा गर्दै अमेरीकाकाे सहयाेगप्रति धन्यवाद गरे ।

यसमा अमेरिकी सरकार र जनताको सहयोगका लागि उपसहायकमन्त्री रेन्जसँग आग्रह गरे । अमेरिकाले ‘मिलिनियम च्यालेन्ज कोपरेशन’मार्फत नेपाललाई प्रदान गरेको आर्थिक सहयोगले नेपालको आर्थिक विकास तथा विद्युतीकरणका लागि महत्वपूर्ण हुने गृहमन्त्रीको भनाइ छ । भेटमा उपसहायकमन्त्री रेन्जले नेपाल र अमेरिकाको सम्बन्धको चर्चा गर्दै यो सम्बन्धलाई थप उचाईमा लैजान आवश्यक रहेको बताए ।

उनले नेपालको पूर्वाधार, शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन, मानववेचविखन लगायतका क्षेत्रमा अमेरिकाले सहयोग गरीरहेको बताउँदै दिँदै त्यो सहयोग निरन्तर रहने प्रतिवद्धता व्यक्त गरे । उपसहायक मन्त्री रेन्जले अमेरिकी स्वयम्सेवी समूह ‘पिस कर्पस’को प्रवेशाज्ञाको समयावधि थप तथा नेपालको अध्यागमन प्रणालीको स्तरोन्नतीका लागि सहयोग लगायतका विषयमा समेत गृहमन्त्री थापासँग कुरा राखेका थिए । भेटवार्तामा नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत र्‍याण्डी बेरी समेत सहभागी थिए ।

बुध, जेष्ठ १, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया